अमेरिकी इडिभीको नतिजा सार्वजनिक, नेपालबाट को-को परे ? (हेर्नुस् रिजल्ट)

काठमाडौं, २१ वैशाख । अमेरिकी इलेक्ट्रोनिक ड्राइभर्सिटी भिसा (इडिभी)को नतिजा मंगलबार राति सार्वजनिक भएको छ ।
अमेरिकन ड्रिम अर्थात भाग्यमानीहरुले सहजै अमेरिकामा स्थाई बसोबास गर्न पाउने इडिभीको नतिजा मंगलबार राति १० बजे सार्वजनिक भएको हो ।
अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार मंगलबार रातिदेखि २०१७ का लागि इडिभी भरेकाहरु मध्ये भाग्यमानीहरुको नाममा अर्थात तपाईको नाम परेको छ वा छैन इडिभी सार्वजनिक गरिएको नतिजा हेर्न सक्नु हुनेछ ।

यसअघि ड्राइभर्सिटी २०१७ का लागि गत वर्षको १ अक्टोवरदेखि ३ नोभेम्बर २०१५ सम्म आवेदन खुला गरिएको थियो ।
यस वर्षको नतिजामा धेरै नेपालीलाई डिभी परेको प्रारम्भिक रिपोर्टमा उल्लेख छ ।
यसरी हेर्नुस् नतिजाः
काठमाडौंस्थित अमेरिकी दूतावासले  डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्ने स्पष्ट पारेको छ । नेपालमा सोमबार देखि शुक्रबारसम्म (बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म) केन्द्रको फोन नं:१-८००-०९१-०११४ मार्फत सम्पर्क गर्न सकिनेछ । अमेरिकामा रहनेहरुले (७०३)९८८-३४२८ मा सम्पर्क गरी सोधपूछ गर्न सक्ने दूतावासले जनाएको छ । निवेदकहरुले support-nepal(at)ustraveldocs.com मा ईमेल गरेर पनि जानकारी लिन सक्ने छन् ।
दूतावासले डिभी विजेतालाई सफल भएको जानकारी गराएको भन्दै कुनै ईमेल नपठाउने भएकाले त्यस्ता इमेलको विश्वासमा नपर्न सचेत गराएको छ । साथै भिसा अन्तर्वाताको लागि अग्रीम शुल्क बुझाउन भन्दै कुनैपनि व्यहोराको ईमेल, चिठ्ठी या अन्य अनुरोध नपठाउने पनि प्रष्ट पारेको छ ।
dainiknepal

,

news and entertainment