मुख्यमन्त्री नीतशिकुमारमाथि चप्पल प्रहार

सरकारी कर्मचारी नीतीशकुमारले बिहारकै मुख्यमन्त्री नीतीशकुमारमाथि सोमबार जनता दरबारमा चप्पल प्रहार गरेका छन् । जनता दरबारमा सर्वसाधरणका कुरा सुन्न उपस्थित भएका मुख्यमन्त्री नीतीशमाथि ती युवकले हुलमुलको मौका पारी चप्पल प्रहार गरेका हुन् ।
युवकले हिर्काएको चप्पल मुख्यमन्त्री नीतीशलाई लागेन । सुरक्षाकर्मीले ती युवकलाई तत्कालै हिरासतमा लिएको भारतीय प्रहरीले जनाएको छ ।



मानसिक रोगी
दिउँसो जनता दरबारमा सर्वसाधरणको कुरा सुन्न मुख्यमन्त्री नीतीश उपस्थित भएका थिए । उनले पालैपालो सर्वसाधरणको कुरा सुने ।

नतिीश सोमबार जनता दरबारमा सर्वसाधरणसँग छलफल गर्छन् । त्यसका लागि उनले दुई घन्टा समय छुट्याएका छन् ।

त्यसै क्रममा सरकारी कमृचारी नीतीशकुमार पनि जनता दरबारमा पुगेका थिए । लाइनमा उभिएका ती यसवक आफ्नो दुखेसो पोख्ने तयारीमै थिए ।

उनले एक्कासी चप्प उठाएर मन्त्रीमाथि नै प्रहार गरे । प्रहरीका अनुसार ती युवक मानसिक रोगी छन् । अस्पतालले पनि चप्पल प्रहार गर्ने युवक मानसिक रोगी भएको बताएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

,

news and entertainment