तालिबानी आक्रमणमा काबुलमा नेपाली मारिए

११ जेठ, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा तालिबानले गरेको आक्रमणमा एक नेपाली मारिएका छन् । आक्रमणमा अन्य ६ जनाको पनि ज्यान गएको छ ।
तालिबानले गराएको विस्फेटमा मारिने नेपाली सुरक्षा गार्ड भएको बताएपनि थप केही खुलाइएको छैन । आक्रमणमा ३ नेपाली घाइते भएको र उनीहरुमध्ये एकको ज्यान गएको बीबीसीले जनाएको छ ।
विस्फोटका कारण अन्तराष्ट्रि«य प्रवासन संगठनको गेष्ट हाउस क्षतिग्रस्त भएको छ । तालिबानका प्रवक्ताले समेत गेष्टहाउस उनीहरुको निशानामा रहेको बताएका छन् । विस्फोट निकै शक्तिशाली भएको अधिकारीहरुले बताएका छन् ।

news and entertainment