सेक्सको स्वाद छिटो लिनेमा केटीहरु अघि

बेलायतमा गरिएको एक अध्ययनले केटाहरु भन्दा केटीहरुले सानै उमेरमा सेक्सको अनुभव लिने गरेको देखाएको छ । अध्ययनले १६ वर्षे जोवन अघि नै सेक्सको स्वाद लिनेमा किशोर भन्दा किशोरीहरु अघि रहेको देखाएको हो ।
१६ देखि २४ वर्ष उमेर समूहका केटाकेटीहरुमा गरिएको सर्भेको नतिजा अनुसार सयमा २७ जना केटीहरुले १६ वर्ष अगावै सम्भोगको स्वाद चाखेका छन् । तर १६ वर्षअघि नै सेक्स गर्ने केटाहरुको संख्या भने कम छ ।
नतिजा अनुसार सयमा २२ जना केटाहरुले मात्र १६ वर्ष नपुग्दै सम्भोगको अनुभव लिन पाएका छन् ।अध्ययन अनुसार केटीहरुमा सानै उमेरमा सेक्स गर्ने दर पुस्तै पिच्छे बढ्दै गएको छ । तर केटाहरुको हकमा भने सानो उमेरको सेक्सको दरमा खासै बढोत्तरी भएको नपाइएको बताइएको छ । अझ अर्को रोचक कुरा त के भने १६ देखि २४ वर्ष उमेर समूहका केटाकेटी मध्ये हरेक दशमा १ जनाले आफ्ना १० जनाभन्दा बढि सेक्स पार्टनर रहेको बताएका छन् ।बेलायतको लेबर पार्टीको छायाू सरकारका स्वास्थ्य मन्त्रीले पछिल्लो रिपोर्टले अनुसार बेलायती संमाज अश्लील बन्दै गएको तथा कम उमेरका किशोरीहरुमा यौनिकता चरम भएको देखिएको बताए ।

news and entertainment