एमाओवादीमा झा र अर्याल केन्द्रीय सदस्य, लक्की वैकल्पिक -
२६ जेठ, काठमाडौं । एमालेबाट एकीकृत माओवादीमा प्रवेश गरेका रामचन्द्र झा र उर्मिला अर्याललाई आइतबार पेरिसडाँडामा बसेको बैठकले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । एमालेकै पूर्वसभासद लक्की शेर्पा बैकल्पिक केन्द्रीय सदस्य बन्नुभएको छ ।
एमाओवादीको पेरिसडाँडामा आइतबार शुरु भएको केन्द्रीय समिति बैठकले नवप्रवेशी तीनजनालाई जिम्मेवारी दिएको हो । ‘अहिले हामी सबै केन्द्रीय सदस्य हौं । झा र अर्याललाई पछि थप जिम्मेवारी दिन सकिन्छ–एमाओवादी प्रवक्ता अग्नि सापकोटाले अनलाइनखबरसँग भन्नुभयो । केन्द्रीय सदस्य र वैकल्पिक केन्द्रीय सदस्य बनेपछि तीनैजना नवप्रवेशीहरुले संक्षिप्त मन्यव्य व्यक्त गरेका थिए ।
बैठकमा हेटौडा महाधिवेशन पछिको राजनीतिक परिस्थितिबारे पार्टी अध्यक्ष प्रचण्डले मौखिकरुपमा बि्रफिङ गर्नुभएको थियो । एमाले र कांग्रेसले चुनाव टार्न खोजिरहेको तर सरकार सकारात्मक मूढमा रहेको प्रचण्डको विश्लेषण थियो । महाधिवेशनपछि आफ्नो पार्टीमा जनताको आकर्षण देखिएको बताउँदै निर्वाचनमा पार्टी एकतावद्ध भएर अघि बढ्न आवश्यक रहेको प्रचण्डको भनाइ उधृत गर्दै सापकोटाले बताउनुभयो ।
अध्यक्षले समसामयिक राजनीतिबारे व्याख्या गरिसकेपछि उत्पादनसम्बन्धी कार्य दलको प्रतिवेदन पेश गर्नुभएको थियो । त्यसपछि केष्णबहादुर महराको कार्यदलले संगठनात्मक प्रस्ताव पेश गरेको थियो भने कार्यालका तर्फबाट हितराज पाण्डेले नेताहरुको करिब अढाइ सय पृष्ठको बायोडाटा प्रस्तुत गर्नुभएको थियो । फौजदारी मुद्दा लागेका नेताका विषयमा टोपबहादुर रायमाझी आयोगले दस्ताबेज तयारी नरेको समाचार आएपछि केही घण्टामा रायमाझीले प्रतिवेदन तयार पारेर पेश गर्नुभएको एक सहभागीले अनलाइनखबरलाई बताए । ‘रायमाझीको प्रतिवेदनमा कतिजना नेतालाई मुद्दा लागेको छ भन्नेसम्म तथ्यांक छैन ।’ एक केन्द्रीय सदस्यले भने ।बैठकमा पाण्डे र रायमाझी बाहेक प्रचण्ड र महराको दस्तावेज सदस्यहलाई वितरण गरिएको छ । दस्ताबेजमा ब्यूरो स्तरमा छलफल गरेपछि ३० गते बिहान ११ बजे अर्को बैठक बस्ने बताइएको छ ।