यूटीयलले सित्तैमा फोन दिने!
काठमाडौं, २४ जेठ। नेपालको तेस्रो ठूलो टेलिफोन अपरेटर कम्पनी यूटीयलले आफ्ना सेवाग्राहीलाई सित्तैमा फोन दिने भएको छ। यूटीयल सेवाको प्रयोगकर्ता घटिरहेको समयमा कम्पनीले सित्तैमा फोन दिने योजना ल्याएको हो।
सेवाको प्रबर्द्धनात्मक कार्यक्रमका रुपमा यूटीएलले आफ्नो सीडीएमए टेलिफोन सेवा फिक्स वायरलेस सेट सहितको टेलिफोन सित्तैमा दिने भएको हो। यूटीएलले तार सहितको फिक्स वायरलेस फोन कर सहित २४ सय मा १२ महिनाको लागि निशुल्क कल योजना सहित दिन लागेको जनाएको छ।
यूटीयलको फोन लिनकालागि उपभोक्ताले २४ सय रुपैंया बुझाएपछि फोन सेट सहित १२ महिनाको कल सुविधा पाउँनेछन्। यूटीएलले उपभोक्ताले बुझाएको २४ सय बराबरको टक टाइम मासिक दुई सयका दरले १२ महिनामा निशुल्क दिने बताएको छ।
यो योजनामा फोन लिने उपभोक्ताले आफूले तिरेको रकम बराबरको टक टाइम पाउँछन् जसले गर्दा उनीहरुलाई फोनको सेट र कनेक्सन सित्तैमा पर्छ।