यौन सन्तुष्टि नपाउँदा श्रीमतीको रिस

मानव यौन प्रतिक्रिया चक्रका चरणहरूलाई विचार गर्ने हो भने यौन उत्तेजनाले निरन्तरता पाइरहे हामी एउटा विशेष स्थितिमा पुग्छौं जसलाई  ‘यौन चरमसुख’ को स्थिति भनिन्छ। अर्ग्याजम भनेर चिनिने चरण छोटो हुने भए पनि महत्वपूर्ण छ। धेरैजसो व्यक्तिका लागि यो चरमसुख  प्राप्तिको विशेष महत्व हुन्छ र चाहेअनुरुप उक्त कुरा प्राप्त गर्न नसक्दा लागेको दुःख वा पीडा रिसका रूपमा पोखिएको हुनसक्छ। तपाईंकी  श्रीमतीलाई रिस उठ्ने अन्य कारण छ कि छैनन् भन्ने कुरा विचार गर्न नबिर्सनुहोला।
महिलाले कसरी यौन आनन्द पाउँछन् ?
योनि महिलाको महत्वपूर्ण यौन अङ्ग हो र यौन क्रियाकलापमा अनि यौन सम्पर्कमा यसको महत्वपूर्ण भूमिका हुन्छ। बुझ्नुपर्ने कुरा के हो भने  महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग वा भाग योनिको भित्री तहमा हुँदैन। अधिकांश महिलाको यौनसुखको केन्द्र भगांकुर हो। महिलाले  यही भगांकुरको प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट यौन आनन्द प्राप्त गर्छन्। तपाईंलाई थाहै होला, भगांकुर बाहिरै हुन्छ। योनिको सन्दर्भमा पनि  योनिको सम्पूर्ण लम्बाइको बाहिरीतिरको एकतिहाइ भाग चाहिँ यौन संवेदनशील हुन्छ। त्यसैले साधारणतः छोटो भनिने लिङ्गले पनि यौनसुख  दिन सक्छ।
योनि तथा भगांकुरबाहेक महिलाको यौनाङ्ग क्षेत्रमा रहेको ठूलो तथा सानो भगोष्ठहरु तथा अग्रभागमा रहेको Mons veneris (जहाँ यौ नकेशहरु पाइन्छ) भागहरू यौन संवेदनशील हुन्छन्। त्यसैगरी सम्पूर्ण स्तन नै यौन संवेदनशील भए पनि यसको मुन्टो तथा वरिपरिको भाग  विशेष यौन संवेदनशील हुन्छ। व्यक्ति-व्यक्तिअनुसार फरक पर्ने भए पनि नितम्ब, गर्दन, काखी, तिघ्रा, नाभी क्षेत्र आदि अंगहरूलाई पनि यौन
संवेदनशील अङ्ग मान्न सकिन्छ।
यी कुरा गर्दा विशेष गरेर के बुझ्नु आवश्यक छ भने पुरुष तथा महिलाको यौन प्रतिक्रिया चक्र भने केही फरक हुन्छ। यौन उत्तेजनाको सुरुदे खि चरमसुखको स्थितिसम्म महिलाको तुलनामा पुरुष तुलनात्मक रूपमा चाँडो पुग्छन्। चरमसुखको स्थितिमा पुगेर वीर्य स्खलन भएपछि पुरु षहरूले यौनसम्पर्कलाई महिलाले जस्तो निरन्तरता दिन सक्दैनन्। निरन्तरता दिन नसकिएको स्थितिमा महिलामा यौन उत्तेजना बढ्ने क्रमले  निरन्तरता नपाउन सक्छ अनि यौनसन्तुष्टि पाउने कुरा नै भएन।
महिलाहरूलाई केही समय बढी लाग्ने भएकाले पहिले महिलालाई उनको यौन संवेदनशील अङ्गको घर्षण वा मर्दन गरर राम्रोसँग उत्तेजित  गराई तयार गरेपछि अर्थात् प्राक्क्रीडामा संलग्न भएर मात्र योनिमा लिङ्ग प्रवेश गराउँदा समयको तालमेल मिल्न सक्छ। कतिपय स्थितिमा  यौनसम्पर्क गर्दा श्रीमान्-श्रीमतीमध्ये कसको यौन सन्तुष्टिलाई प्राथमिकता दिने भन्ने कुरामा विचार पुर्‍याएर आलोपालो गर्न सकिन्छ।

news and entertainment