६ भदौ, काठमाडौ । तीन वर्ष यता आफ्नै छोरी बलात्कार गरेको भन्दै प्रहरीद्धारा पक्राउ गरिएका रमेश पोखरेललाई प्रेस चौतारीले कारवाही गरेको छ । उनि प्रेस चौतारीका केन्द्रिय सदस्य तथा मेचि इन्चार्ज थिए चौतारीका महासचिव माधव नेपालले आज एक प्रेस विज्ञप्ती जारी गर्दै साधारण सदस्य समेत नरहेने गरि उनलाई निष्कासन गरेको घोषना गरेका हुन् । पोखरेललाई शनिवार प्रहरीले काठमाडौबाट प्रकाउ गरेको हो। पोखरेलको पत्नीको उजुरीको आधारमा उनलाई पक्राउ गरि अनुसन्धानको लागी हिरासतमा लिइएको हो। प्रहरी स्रोतका अनुसार उनी माथि हाडनाता, जर्वजस्ती करणी, र बाल यौन दुव्र्यबहारका तीनवटा मुद्दा लगाइने भएको छ । आइतबार उनलाई म्याद थपका लागि जिलला अदालत लैजाने तयारी छ । स्रोतका अनुसार उनले छोरीमाथि कक्षा ७ मा पढ्दा देखि नै जर्वजस्ती करणी गर्दै आएका थिए । उनी अहिले कक्षा १० मा अध्यनरत छन् । लामो समयको पीडा पछि मात्रै उनले आमालाई पीडा सुनाएपछि प्रहरीमा उजुरी दिइएको थियो । प्रहरीले पक्राउ गरे लगत्र्तै केही युवाहरुले प्रेस चौतारीको कार्यालय तोडफोडको प्रयास समेत गरेका थिए
तीन वर्ष यता आफ्नै छोरी बलात्कार गरेको भन्दै प्रहरीद्धारा पक्राउ
news and entertainment