केटीलार्इ आँखा झिम्क्याउँदै जिब्रो पड्काए प्रहरीको खोरमा

३० जनवरी, काठमाडौं । सडक एक्लै युवती वा महिला देखी आँखा झिम्क्याउने वा जिब्रो देखाउने गर्नुभएको छ ? यो गलत बानी त्यागिहाल्नुहोस् । अब यस्तो क्रियाकलाप गर्नेले उन्मुक्ति पाउने छैनन् । प्रहरीले पक्राउ गरी कारवाही चलाउन सक्छ । प्रहरीले सडकमा हुने महिला हिंसालाई रोक्न कडा नीति अवलम्बन गरेको छ ।

प्रहरीले महिला हिंसाविरुद्ध काम गर्दै आएको अस्तित्व फाउण्डेसनसँग मिलेर त्यस्ता हिंसा रोक्ने अभियान सुरु गरेको हो । प्रहरी प्रधान कार्यालयले महिलाहरुलाई एउटा सम्पर्क नम्बर दिएको छ । कसैमाथि हिंसा, दुव्र्यवहार भए ९८०३३३९४४९ नम्बरमा फोन वा एसएमएस गरेर पीडकबारे उजुरी दिन सकिन्छ । त्यस्तो दुव्र्यवहारमा संलग्नलाई पक्राउ गर्न प्रहरीको एउटा टोली सधैं तैनाथ हुन्छ । यस्तै ल्याण्डलाईन नम्बरमा समेत यस्ता हिंसाबाट पीडित महिलाले फोन गर्न सक्छन् । देख्दा र सुन्दा सामान्य लाग्ने यस्ता घटनाको शिकार महिलाहरु दिनहुँ हुने गरेका छन् । पैदल हिडेका महिलालाई हुलमा बसेर जिस्क्याउने, पिछा गर्ने, नजानिदो पाराले संवेदनशील अंगमा छुनेजस्ता क्रियाकलाप बढिरहेका छन् । पढेलेखेकै देखिने ब्यक्तिहरुले समेत यस्ता हर्कत गरेको पाइन्छ । खराब मानसिकता र कुण्ठित सोच भएका ब्यक्तिले यस्ता गतिवीधी गर्ने प्रहरी बताउँछ । अझ सार्वजानिक सवारी साधन प्रयोग गर्ने युवतीहरु यसबाट बढी पीडित हुने गरेको पाइएको छ । त्यसैका लागि एक बर्षअघि देखी सरकारले सार्वजानिक सवारी साधनमा महिलाका लागि आरक्षित सिट छुट्याएको छ ।

, , ,

news and entertainment