फिलिपिन्समा आँधीबाट भत्किएको संरचना छिटो बनाउन आदेश

फिलिपिन्सका राष्ट्रपति बेनिग्नो आकिइनोले आफ्नो मन्त्रीमण्डलका सदस्यलाई सुपर ताइफून हाइयानबाट भत्किएका संरचनालाई शीघ्रतापूर्वक बनाउनका लागि पहल सुरु गर्न आदेश दिनुभएको छ । फिलिपिन्समा गत नोभेम्बर ८ मा आएको हाइयान नामक आँधीबाट ६ हजार एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । स्थानीय भाषामा योलान्डाको नामबाट प्रचलित यस हाइयान आँधीबाट अर्बौं पेसोको सम्पत्ति downtown-tacloban-leyteनोक्सान भएको थियो । सो आँधीबाट सार्वजनिक बजार, विद्यालय, आवासीय भवन, पर्यटनस्थल, विमानस्थल आदि ध्वस्त हुनुका साथै क्षतिग्रस्त भएका थिए । आँधीबाट अति प्रभावित ताक्लोबान सहरमा मात्र दुई हजार २४९ शवलाई निकालिएको थियो । जसमध्ये चार सय ४८ वटा शवलाई स्थायी रुपमा गाडिएको जनाइएको छ । तर एक हजार ८०१ शवलाई स्थायी रुपमा गाड्ने प्रबन्ध मिलाउन नसकेकोले अस्थायी रुपमा मात्र गाडिएको पनि सरकारले जानकारी दिएको छ ।

, ,

news and entertainment