सुटकेशमा लुकेर अमेरिका छिर्न लागेकी महिला पक्राउ..(तस्विर सहित)

पुस,एजेन्सी । धेरै मानिसका लागि अमेरिका सपनाको देश हो । अमेरिका जान मरिहत्ते गर्ने मानिसहरु सुचि निकै छन्। यसको ताजा उदाहरण थाइल्याण्डकी एक महिला बनिन्। उनि सुटकेशको भित्र बसेर अमेरिका छिर्न लाग्दा अमेरिकी अधिकारीहरुबाट समातिइन्।मेक्सिको हुँदै अमेरिका छिर्न लागेकी थाई महिलालाई लाई सुटकेश भित्र लुकेर बसेको देखेर अमेरिकी अधिकारीहरु समेत जिल परेका थिए।सुटकेशमा उनिमाथि केही कपडा राखिएको थियो।मेक्सिकोसंग जोडिएको एरिजोनाको निगोलसबाट उनि बोर्डर पार गरेर अमेरिका छिर्न लागेकी थिइन्।अमेरिकी कस्टम तथआ बोर्डर प्रोटेक्सनका प्रवक्ता इडित सेरानोले भने-'यस्तो घट्ना हामिले कमै देख्न पाउँछौ, अधिकारीहरु निकै आश्चर्यमा परेका थिए ।'ती थाइ महिला डिसेम्वर ३० मै समातिएकी थिइन् तर यो घटना एक हप्ता पछी मात्रै सार्वजनिक गरियो।

, , , ,

news and entertainment