अँध्यारोमा छर्लंगै देख्ने विचित्रको मान्छे !!!
उसको आँखाको नानी जन्मिँदाखेरी नै अरुको जस्तो कालो वा खैरो थिएन । नंग युहुइ नामका ती बालकको आँखा ठ्याक्कै विरालाको जस्तो थियो, अर्थात् पहेँलो । चीनको ग्वांजी प्रान्तको एक गाउँका यी बालकको आँखा त अनौठो छ नै, उनीसँग अर्को अद्भुत क्षमता पनि छ, जुन क्षमता अरु मानिसमा हुँदैन । अर्थात् यी बालकले अँध्यारो रातमा पनि आँखा देख्न सक्छन् र हामीलाई जस्तो बत्तीको आवश्यकता नै पर्दैन ।
उनको आँखा यस्तो अचम्मको छ की जब आँखामा प्रकाश पर्छ तब आँखा चम्किन थाल्छ । ठ््याक्कै विरालोको जस्तो गरी रातको समयमा उनको आँखा चम्किन्छ र उनले रातको समयमा देख्न सक्छन् ।
जन्मिँदा खेरी नै आफ्ना छोराको यस्तो अनौठो आँखा देखेर सुरुमा त उनका बुवाआमा निकै डराएछन् कतै ऊ राक्षस पो हो की भनेर । उनीहरुले स्थानीय डाक्टरलाई छोराको आँखा देखाएछन् । डाक्टरले उमेर बढ्दै जाँदा आँखा सामान्य बन्दै जाने बताएछन् । छोराको उमेर बढ्दै जाँदा आँखा ठीक होला भन्ने आशामा रहेका बुवाआमा अझ त्यस बेला अचम्ममा परे जब उनको छोराले रातको समयमा पनि बत्ती विना नै छर्लंगै देख्न सक्छ भन्ने कुरा थाहा पाए । यो कुरा थाहा पाएपछि उनलाई आँखा विशेषज्ञहरुले चेकजाँच गरे । त्यसपछि मात्र उनको आँखा रातको समयमा देख्न सक्ने कुकुर तथा बाघको आँखा जस्तो भएको कुरा पत्ता लाग्यो । बाघको जस्तो आँखा भएका ती बालकको अहिले चर्चा बढिरहेको छ । उनी छिटै अँध्यारोमा पनि देख्न सक्ने मानिसको रुपमा गिनिज बुकमा नाम लेखाउने तयारीमा छन् ।@एजेन्सी भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

