दीपिकाले हटाइन् रणवीर कपुर नामको ट्याटु

२०७१ जेठ १५ गते
अन्तत प्रेममा असफल भएपछि बलिउड नायिका दीपिका पादुकोणले पूर्वप्रेमी रणवीर कपुरको नाममा खोपेको ट्याटु हटाएकी छिन् ।
हिजोआज रणवीरको नाममा खोपिएको ट्याटु दीपिकाको गर्धनमा देखिदैन । लामो समयसम्म दीपिकाले आर.केे लेखिएको ट्याटु आफ्नो गर्धनमा सजाएकी थिइन् । तर रणवीर कपुरसँग प्रेम टुटेपछि दीपिकाले उनकोे नामको ट्याटु हटाएकी हुन् ।
दीपिकाको सम्बन्ध हाल कसैसँग पनि छैन । बेलाबेलामा रणवीर सिंहसँग नाम जोडिएतापनि यो जोडीले एकअर्कालाई साथी मात्र भन्दै आएको छ । रणवीर यतिबेला नायिका कटि्रना कैफको प्रेममा मस्त छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

, , ,

news and entertainment