भोटिंग मेसिन लाइ एमाले नेता हरु ले भगाए
काठमाडौ, असार २३
एमाले महाधिवेशनमा मतदानको लागि मतपत्र नै प्रयोग गरिने भएको छ । भोटिङ मेशिनको विश्वसनीयतामाथि अध्यक्षका प्रत्यासी माधव नेपाल पक्षले टिप्पणी गरेपछि मतपत्र प्रयोग गरिने भएको हो ।अध्यक्ष मण्डल सदस्य बिद्या भण्डारीले मतदानको लागि मतपत्र नै प्रयोग हुने बताइन् । ‘भोटिङ मेशिनबारे एक पक्षले गम्भीर असहमति जनाएकाले मतपत्र नै प्रयोग गरिन लागेको हो’, उनले भनिन्,’भोटिङ मेशिनबारे बहस गर्दा महाधिवेशन लम्बिन्छ ।’अध्यक्ष प्रत्यासी केपी ओली भोटिङ मेशिनमार्फत् विद्युतीय मतदानकै पक्षमा उभिए पनि नेपाल पक्षले असहमती जनाएको थियो । नेपाली बैज्ञानिक राम-लक्ष्मणले बनाएको भोटिङ मेशिनको गुणस्तरीयता प्रभाणित नभएको भन्दै नेपाल पक्षले असहमति जनाएको हो ।
