एसएलसी नतिजाले छात्राको ज्यान लियो
 एसएलसीको पुरक परीक्षामा अनुत्तीर्ण भएपछि पाल्पामा एक छात्राले आत्महत्या गरेकी छिन् ।
पाल्पा जिल्लाको बराङ्दी गाविस–९ ढापखोलाकी १९ वर्षीया तेलना बस्यालले गणित विषयमा अनुत्तीर्ण भएपछि आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
एसएलसीको नतिजा सार्वजनिक भए पछि बारीमा घाँस काट्न गएकी बस्यालले रुखमा पासो लगाइ झुन्डिएर आत्महत्या गरेको प्रहरीको भनाइ छ ।
बस्यालले गत वर्ष पनि एसएलसी परीक्षामा सहभागी हुन नपाएको स्थानीयको भनाइ छ । रासस
					 
