चीनमा चक्कु प्रहार गरी ४ बालिकाको हत्या |
चीनको एक विद्यालयमा अज्ञात व्यक्तिले चक्कु प्रहार गरी ४ जना छात्राको हत्या गरेका छन् । दक्षिणी चीनको गुआङ्सीमास्थित एक विद्यालयमा प्रवेश गरेका अज्ञात व्यक्तिले चक्कु प्रहार गरी उनीहरुको हत्या गरेको बताइएको छ ।
तीनजनाको घटनास्थलमा र एकजनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । चक्कु प्रहार गर्ने व्यक्तिको व्यापक खोजतलास भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।
गत महिना पनि एक व्यक्तिले आफ्नी छोरीलाई विद्यालयले भर्ना गर्न लिन नमानेपछि एक अध्यापक र अन्य तीन छात्राहरुलाई चक्कु प्रहार गरी हत्या गरेका थिए ।
सन् २०१० मा मात्रै चीनमा चक्कु प्रहारबाट १७ जनाको ज्यान गएको थियो । जसमा १५ जना बालबालिका थिए ।