सबैलाई जानकारी दिएर गरिन् यी युवतीले मृत्युवरण

death with dignity- brittanyन्यूयोर्क – अमेरिकाको ओरेगनमा एक २९ वर्षीय महिलाले सबैलाई जानकारी दिएर गत शनिबार आफ्नो जीवनको अन्त्य गरेकी छिन् ।   क्यालिफोर्नियाम जन्मेकी ब्रिटनी मेनार्डले शिक्षा शास्त्रमा स्नातकोत्तर गरेकी थिइन् । मस्तिष्कघात भएकी उनले ‘डेथ विथ डिग्निटी’ लाई मान्यता दिएको राज्य अरिगनमा औषधी सेवन गरि आत्महत्या गरेकी छिन् ।   मेनार्डसँग काम गरेको संस्था कम्प्यासन एण्ड च्वाइसले उनको मृत्यु पछि विज्ञप्ती जारि गर्दै उल्लेख गरेको छ – चाहे जसरी नै भएपनि उनले आफ्ना प्रियजनको हात समाएर मृत्युवरण गरेकी छिन् । विज्ञप्तीमा उल्लेख छ, ‘मानिस त्यो हो जसले जीवनको प्रशंसा गर्दै खुसी भएकालाई धन्यवाद भन्छन् । हामीले आफ्नो सोच परिवर्तन गर्न सके संसार नै परिवर्तन हुने गर्दछ ।’   मृत्युलाई अंगाल्नुपूर्व उनले आफ्नो फेसबुकमा लेखेकी छिन्, ‘मैले माया गर्ने मेरा सबै साथीभाइ र आफन्तसँग सदाको लागि बिदा लिन चाहन्छु । मैले आजको दिनलाई सम्मानपूर्वक मृत्युलाई अंगाल्ने दिनको रुपमा स्विकार गरेकी छु ।’   मृत्युवरण गर्नका लागि उनी आफ्ना श्रीमान, आमा र सौतेनी बुवासँग ओरेगन आएकी थिइन् ।   (एजेन्सी) - See more at: http://www.ratopati.com

,

news and entertainment