दीपिकाले सलमान खानसग फिल्म नाखेल्नुको रहस्य खोलिन !!!

srk-dipika-and-salman
बलिउडका बादशाह साहरुख खानसँग निकट मानिएकी नायिका दीपिका पादुकोणका बारेमा विभिन्न खालका चर्चा भैरहन्छन् । साहरुखसँग निरन्तर ३ सुपरहिट फिल्म दिएकी दीपिकाले आजसम्म अर्का नायक सलमान खानसँग काम गरेकी छैनन् । यसैले पनि बलिउडमा दीपिका साहरुखसँगको निकटताका कारण सलमानसँग खुल्न नसकेको चर्चा सुनिन्छ ।
यस बिषयमा संचारमाध्यमसँग कुरा गर्दै दीपिकाले साहरुखका कारण सलमानसँग आफू टाढा नभएको बताइन् । दीपिकाले भनिन्-‘म कुनै स्कुले विद्यार्थी होइन । जो एउटासँग नजिक हुँदा अर्कोसँग नबोल्ने ।’ उनले सलमानसँग काम गर्ने अवसर नजुरेको मात्र भनिन् । उनका अनुसार कुनै कलाकारसँग फिल्म खेल्नका लागि त्यसको कथावस्तु, निर्माण कम्पनी, निर्देशक सबै मिल्नुपर्छ । तर, आजसम्म त्यस्तो अवसर नजुटेकाले काम गर्न नसकेको दीपिकाको तर्क छ ।
यता, संजय लिला भन्सालीको सुटिङमा रहेको चलचित्र ‘बाजिराओ मस्तानी’मा दीपिका भन्दा प्रियंका चोपडालाई ज्यादा महत्व दिइएको चर्चा समेत बलिउड बजारमा चुलिएको छ । यसकारण दीपिका यो चलचित्रको निर्माण कम्पनीसँग केही निराश भएको समाचार मिडियामा आएको थियो । दीपिकाले यो कुरालाई हल्ला मात्र भनेकी छिन् । उनले प्रियंका चोपडा र आफूलाई कुनै भेदभाव नगरिएको भन्दै छायांकनमा निक्कै रमाइलो भैरहेको बताइ्न् ।
दीपिकाले साहरुखसँग काम गरेका ३ चलचित्रमध्ये ‘ह्याप्पी न्यू इयर’ अहिले हलमा लागिरहेको छ । जसले १० दिनमा १८० करोड कमाउँदै नयाँ इतिहास रचिरहेको छ ।
- See more at: http://www.onlinekhabar.com/2014/11/202840/#sthash.mUaMAR3W.dpuf

,

news and entertainment