दुनियाँका १० शक्तिशाली नेता चढ्ने विमान (फोटो फिचर)

हरेक देशमा राष्ट्रप्रमुखका लागि केही विशेष सुविधा हुन्छ । खासगरी शक्तिशाली देशहरुमा त सरकार वा राष्ट्र प्रमुखका लागि सबै सुरक्षा ब्यवस्था फरक तरिकाले मिलाइएको हुन्छ । यस्तै सुरक्षाको सबैभन्दा महत्वपूर्ण चिज मध्ये एक मानिन्छ विमान । विकशित र शक्ति राष्ट्रहरुमा राष्ट्र प्रमुखका लागि छुट्टै विमान नै ब्यवस्था हुन्छ ।

यहाँ हामीले दुनियाँका १० नेताले चढ्ने विमानबारे चर्चा गरेका छौं ।
बराक ओबामा, राष्ट्रपति, अमेरिका
विमान: एयरफोर्स वान
अन्य देशको तुलनामा अमेरिकी राष्ट्रपति बराक ओबामाको विमान सबैभन्दा आकर्षक र शक्तिशाली पनि छ । एयरफोर्स वान अमेरिकी राष्ट्रपतिका लागि मात्र प्रयोग गरिने विमान हो । यो विमानको निर्माण 325 मिलियन डालर (लगभग ३१२० करोड रुपैयाँ) को लगानीमा गरिएको हो । विमानको सबैभन्दा अदभुत क्षमता यसको फ्युल ट्याङ्क हो । यो विमानले पुरै विश्वको भ्रमण गर्न पुग्ने तेल बोकेको हुन्छ ।
world leaders plane

राष्ट्रपति, रूस 
विमान: ल्युशिन II-76

यो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रयोग गर्ने विमान हो । हुन त यस्तो विमान अन्य देशका नेताले पनि प्रयो गर्छन् । तर पुटिनको विमान विशेष तरिकाले डिजाइन गरिएको छ । यो विमानको डिजाइन रुसी बायु सेनाले गरेको हो । यस विमानमा हाइटेक प्रविधी छ जुन अमेरिकी राष्ट्रपतिको विमानको जत्तिकै शक्तिशाली मानिन्छ ।
Putin Plane

शिन्जो एबे, प्रधानमन्त्री, जापान
विमान: सायगनस वान/सायगनन्स टू
यो विमान जापानी प्रधानमन्त्रीले प्रयोग गर्ने जापानी एयरफोर्स वानको विमान हो । जापानमा दुई बटा बोइङ 747-400 देशका प्रधानमन्त्री र राजाका लागि तयारी अवस्थामा राखिन्छ । जापानको यो विमान सायगन्स वान र सायगनस टू को रुपमा परिचित छ ।
Sinjo Awe

शी जिनपिङ, राष्ट्रपति, चीन
विमान: बोइङ-777-400 

चीनका राष्ट्रपति शी जिनपिङ एयर चाइनाको यात्रुवाहक विमान बोइङ-777-400 को प्रयोग गर्छन् । गत वर्ष रूस भ्रमणमा गएको समयमा चीनको विदेश मन्त्रालयका पूर्व अध्यक्ष लु पेइकिसले सञ्चार माध्यमसामू चिनियाँ राष्ट्रपतिको लागि छुट्टै विमान नभएको बताएका थिए । यात्रुवाहक विमानलाई नै फरक डिजाइन गरेर चिनियाँ राष्ट्रपतिले प्रयोग गर्ने गरेका छन् ।
Shi Jing Ping


नरेन्द्र मोदी प्रधानमन्त्री, भारत
विमान: एअर इण्डिया वान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विदेश यात्रामा जाँदा बोइङ 747-400 को प्रयोग गर्छन् । यसलाई भारतीय विमान कम्पनी ‘एअर इण्डिया’ को जिम्मा दिइएको छ । यो विमानमा ‘एअर इण्डिया वन’ कोड दिइएका कारण यसको प्रयोग प्रधानमन्त्रीले मात्र गर्छन् । यो विमानमा पनि विभिन्न आधुनिक सुविधा छ भने क्षेप्यास्त्रको समेत प्रतिरोध गर्न सक्छ ।
Modi Plane

फ्राँस्वा ओलाण्ड, राष्ट्रपति, फ्रान्स
विमान- ए-340 एयरक्राफ्ट

फ्रान्का राष्ट्रपति फ्राँस्वा ओलाण्ड विमानको मामलामा सबै भन्दा देश भक्त छन् । फ्राँस्वा ओलाण्डले फ्रान्समै बनेको ए-340 एयरक्राफ्टको प्रयोग गर्छन् । उनले अमेरिकी कम्पनीले बनाएको बोइङ विमान चढ्ने हल्ला चलेपनि हाल सम्म देशमै बनेको विमान चढ्छन् । आफूले देशमै बनेको विमान प्रयोग गर्ने उनको अडान छ ।
France president plane


पार्क ग्यून, राष्ट्रपति, दक्षिण कोरिया
विमान: बोइङ 747-400

दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्यूनले विदेश यात्रामा जाँदा बोइङ 747-400 को प्रयोग गर्छन् । यो विमान दुनियाँमा सबै भन्दा हाइटेक प्रविधीयुक्त मानिन्छ ।
S Korea President plane


एनरिक पेना, राष्ट्रपति, मेक्सिको
विमान: बोइङ 757

मेक्सिकोका राष्ट्रपति एनरिक पेना बोइङ 757 को प्रयोग गर्छन् । यो विमानको खास विशेषता यसको पंखाको आकार हो । यो विमानको पंखाका कारण इन्धन खपत कम हुन्छ । यो अमेरिकी कम्पनीको विमान दुनियाँभरी लोकप्रिय छ ।
Mexico president

सलमान बिन अब्दुल अजीज, राजकुमार, सऊदी अरब
विमान: बोइङ-747 

सऊदी अरबका राजकुमार सलमान बिन अब्दुल अजीज बोइंग-747 को उपयोग गर्छन् ।

saudi king plane

ज्याकोब जुमा, राष्ट्रपति, दक्षिण अफ्रीका
विमान: बोइङ-727

दक्षिण अफ्रीकाका राष्ट्रपति ज्यकोब जुमा बोइङ-727 विमान चढ्छन् । यो विमान १९६४ मा प्रयोगमा आएको थियो । १९७० दशकमा यो बोइङ-727 निक्कै लोकप्रिय भएको थिए । धेरै देशका नेता यो विमान चढ्छन् ।
S Afrika president plane
एजेन्सी । 
/nepaliheadlines.com

,

news and entertainment