नेपाली नायक राजबल्लभ कोइरालाको हलिउडमा सफलता..



नेपाली चलचित्रमा सफल नायक राजबल्लभ कोइरालाले अभिनय गरेको पहिलो हलिउड फिल्म ‘हाइवे टू धम्पुस’ ले रिलिज नहुँदै सफलता हात पारेको छ । गत हप्ता चलेको हर्टल्याण्ड फिल्म फेस्टिभलमा ‘स्टयाण्डिङ ओभेसन सहित ‘बेस्ट युएस प्रिमियर अवार्ड जितेको छ । यस फेस्टिभलमा छोटा फिल्मको विधामा उत्कृष्ट हुने फिल्मले ओस्कारको छोटा फिल्मको अन्तिम पाँचको प्रतिस्पर्धामा सिधै प्रवेश पाउने प्रावधान छ ।

राजबल्लभ कोइराला, सुएसा राणा, रेचल वूड हुड, देशभक्त खनाल तथा गुनर राइट अभिनित ‘हाइवे टु धम्पुस’मा बिग्रिएकी ब्रिटिस राजकुमारी नेपाल भ्रमणमा आएपछि उसको जीवनमा आउने परिवर्तनलाई मुख्य विषय बनाइएको छ । फिल्ममा कोइराला पाइलटको भूमिकामा देखिएका छन् । फिल्मलाई रिक म्याकफारलान्डले लेखन तथा निर्देशन गरेका हुन् ।

http://brtnepal.com/news

news and entertainment