जिद' मा मनाराको किस र सेक्स सिन (भिडियो सहित)



एजेन्सी, १५ कार्तिक, बलिउडमा हिजो आज निक्कै हट, सेक्स र किस सिनले भरिएका फिल्मको ओइरो लाग्न थालेको छ । निक्कै उत्तेजक दृश्यलाई पनि पचाउने बलिउडमा अहिले आएर पचाउन नसकिने फिल्म पनि बन्न थालेको बताइन्छ । यस्तै सेक्स र किस सिनले भरिएको भनेर २००८ मै बनेको फिल्म 'रङ्ग रसिया' लाई सो समयमा प्रदर्शनमा रोक लगाइएको थियो भने सो फिल्मले अहिले भने रिलिज हुने अवसर पाएको छ । केही सिन काटेर प्रस्तुत गर्न सहमत भएपछि 'रङ्ग रसिया' यही नोभेम्बर ७ मा रिलिज हुँदैछ ।


 यस्तै गत महिनामात्रै रिलिज भएको फिल्म 'हेट स्टोरी २' पनि निक्कै भल्गर थियो । यस्तै फिल्मको सूचीमा अहिले एक नयाँ फिल्म पनि आइ पुगेको छ 'जिद' । फिल्म 'जिद' मा डेब्यू गर्दै छिन् अभिनेत्री मनारा अर्थात् बार्बी हाडा । यो फिल्मको ट्रेलर भरखरै मात्रै सार्वजनिक गरिएको छ । फिल्ममा मनारालाई अत्यन्तै बोल्ड सिनमा प्रस्तुत गरिएको छ । यो फिल्ममा मनारा सहित करणवीर शर्मा, श्रद्धा दास लगायतको मूख्य भूमिका रहेको छ । फिल्म २८ नोभेम्बरमा रिलिज हुने बताइएको छ ।


aajakokhabar.com

,

news and entertainment