कस्मिरको सैनिक क्याम्पमा आक्रमण, पाँचको मृत्यु


भारत प्रशासित कास्मिरको उरीमा रहेको सैन्य क्याम्पमा हतियारधारीहरुले आक्रमण गर्दा दुई प्रहरीसहित पाँच जनाको मृत्यु भएको छ। शुक्रबार बिहान हतियारधारीले क्याम्पमा आक्रमण गरेपछि दोहोरो भिडन्त भएको भारतीय सेनाले जनाएको छ। 
मुस्लिम बाहुल्य भएको कास्मिरमा विधानसभाका लागि गत नोभेम्वर २५ देखि पाँच चरणमा चुनाव भइरहेको छ।

,

news and entertainment