विवाहपूर्व यस्ती थिइन् राजेश हमालकी मोडल पत्नी (फोटोफिचर)

काठमाडौं, माघ १२ – उमेरमा आधा दशक नाघिसकेका नेपाली चलचित्रका महानायक भनिने राजेश हमाल करिब ८ महिना अघि बिराटनगरकी युवती मधु भट्टराइसँग विवाह बन्धनमा बाँधिएका थिए ।

 आफ्नो लामो समयदेखिको प्रेमसम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् ।

विवाहपछि जति राजेश हमाल पत्नीको चर्चा भएको छ विवाह अघि उनी खासै चर्चामा आएकी थिइनन् ।


 राजेश हमालकी प्रेमीका भनेर मिडियामा छाइसकेपछि उनको विषयमा विभिन्न खोजीपूर्ण समाचारहरु सार्वजनिक भएका थिए ।



आफू १८ वर्षको हुँदा मोडलिङ क्षेत्रमा पाइला टेकेकी मधु भट्टराइले सन् २००४ मा आयोजित ‘लक्स ब्युटी स्टार’ मा आफ्नो सहभागिता जनाएकी थिइन् ।

 यहि ब्युटी प्याजेन्टमा निर्णायक मण्डलमा रहेका राजेश हमाल र मधुको चीनजान भयो ।

यद्यपी मधुले यो ब्युटी प्याजेन्टमा फस्र्ट रनर अपमा नै चित्ता बुझाउनु परेपनि आफ्नो प्रतिभाले हमालको मनमा छाप छोड्न भने सफल भएकी थिइन् ।

पाँच फिट ६ इन्चकी मोडल मधुले पछि काठमाडौंमा आएर आफ्नो स्नातक तहको अध्ययन सिद्धाइन् र लाजिम्पाटस्थित एउटा फ्ल्याटमा बस्न थालिन् ।

 केहि म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी मधु आफ्नो मोडलिङ करियरमा यस्ती देखिन्थिन् ।

news and entertainment