जो सकिन्छ, सकिन्छ, अब लड्छौं : प्रचण्ड


काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले आइतबार जवर्जस्त प्रश्नावली समिति बनाएर अघि बढे आफूहरुले पहिला–पहिलाको भन्दा झनै ठूलो प्रतिवाद गर्ने चेतावनी दिएका छन् 



शनिबार रिपोटर्स क्लबको ज्ञापनपत्र बुझेदै दाहालले सभाध्यक्ष नेम्बाङले आइतबारको बैठकमा जवर्जस्ती प्रश्नावली समिति घोषणा गरे आफ्नो मोर्चाले त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका हुन्।
‘१२ बुँदे सम्झौता, जनआन्दोलन, शान्ति प्रक्रियाका शक्तिलाई छोडेर अघि बढे मुलुक नराम्रोसँग द्वन्द्वमा फस्छ,′ दाहालले भने, ‘मुलुक नराम्रोसँग ध्रुविकरणमा जान्छ। संविधानसभाभित्र मात्रै होइन सिँग्गै नेपाली समाजमा कित्ताकाट हुन्छ।′
दाहालले आफूले सभाध्यक्षलाई भेटेर सोको जानकारी गराएको बताए । ‘मैले आजै उहाँलाई (नेम्वाङ) भेटेर आएको छु,′ उनले भने,‘ सहमतिको विकल्प छैन, राप्रपाका नेता सुर्यबहादुर थापा र कांग्रेसका एक नेतासँग पनि मैले सहमतिको लागि पहल गर्न आग्रह गरेको छु, मैले सहमतिको विकल्प छैन।′
उनले जवर्जस्ती बहुमतीय प्रक्रियाबाटै प्रस्ताव पारित गरिए त्यही विन्दुबाट देश राजनीतिक धुव्रीकरणमा जाने चेतावनी दिए। आजको नागरिकमा समाचार छ ।

,

news and entertainment