छोरीलाई दाईजो दिन १५ दिनकी नातिनी बेचेपछि…

काठमाडौं । मानिसहरुले दाइजोका लागि के सम्म गर्न पछि पर्दैनन् भन्ने कुरा हालै भारतको बिहारमा भएको एक घटनाले पुष्टि गरेको छ ।
मुजफ्फरपुर जिल्लामा एक महिलाले आफ्नी छोरीलाई दाइजो दिनका लागि आफ्नी १५ दिनकी नातिनीलाई ५० हजारमा बेचेकी छन् ।


रुखसाना सुल्तान नामी ती महिलाले प्रहरीमा दर्ता गराएको उजुरीमा उसकी सासुले नन्दलाई दाइजो दिनका लागि आफ्नी छोरीलाई बेचेको जनाइएको छ ।
प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरु गरेको छ । यो घटना पटनादेखि ७० किलोमिटर टाढा मुजफ्फरपुर जिल्लाको चैनपुर वाजिद गाउँमा भएको हो ।
रुखसानाका पति मजदुरीको सिलसिलामा राज्य बाहिर रहेका छन् । घटना सार्वजनिक भएपछि नातिनी बेच्ने आमा र छोरी फरार रहेका छन् । रुखसानाका अनुसार उनकी सासु बच्चा डाक्टरकहाँ लिएर गएकी थिइन् । तर फर्किएर आउँदा उनी रित्तै फर्किइन् ।
उनले बच्चाका बारेमा सोध्दा दाइजोका लागि बेचिदिएको जवाफ दिएकी थिइन् । रुखसानाकी सासुले उनलाई समेत दाइजो नल्याएको भन्दै दुःख दिने गर्थिन ।
-एजेन्सीको सहयोगमा

news and entertainment