अर्काकी सोझी श्रीमतीसँग रात काट्ने वेश्यालय
एजेन्सी । अर्काकी पत्नीसँग रात काट्न चाहने पुरुषका लागि चलाइएको वेश्यालयमा प्रहरीले छापा मारेपछि कति पुरुषलाई नै झड्का लागेको छ । वेश्यालयमा जाने कतिपय पुरुषलाई यो थाहा थिएन, कतै आफ्नै पत्नीले त्यहाँ देहव्यापार गर्न पुगेकी छिन् ।
समाचार रुसको हो । सातवटा कोठासहितको अपार्टमेन्टमा चलाइएको वेश्यालयलाई प्रहरीले छापा मार्दा साधारण महिलाले देहव्यापार गरेको पाइएको हो ।
पुलिसका अनुसार यहाँ आइपुगेका साधारण महिलालाई पैसाको लोभमा फसाइएको थियो । अन्यभन्दा ६ गुणा महँगो यस वेश्यालयमा काम पाउनका लागि महिलाले विवाहित भएको सर्टिफिकेट पेस गर्नुपथ्र्यो । यसले यो पुष्टि गर्छ, प्रायः पुरुष अर्काकी पत्नी चाहन्छन् । प्रहरीले वेश्यालय सञ्चालिकालाई पक्रन भने सकेको छैन । ‘मम्मा’ भनेर चिनिने वेश्यालय सञ्चालिका प्रहरीबाट भाग्न सफल रहेकी छिन् । कारबाहीका क्रममा पक्रिएका महिलालाई प्रहरीले केही जरिमाना लिएर छाडेको बताइएको छ । छाडिएका महिला निकै सरल र साधारण भएको प्रहरीले जनाएको छ ।