बबरमहल दुर्घटना : गल्ती गरेर भाग्न खोज्दा ज्यानै गयो

काठमाडौं : सडकमा गल्ती गरेर भाग्न खोज्दा कस्तो दुर्घटना निम्तिन्छ भन्ने उदाहरण बनेको छ बुधबार बबरमहलमा भएको घटना। जेब्राक्रसमा बाटो काट्दै गरेका यात्रुलाई ठक्कर दिएपछि तीव्र गतिमा भाग्न खोज्दा एकजनाको ज्यानै गयो भने एकजना गम्भीर घाइते भए।



बसले हानेर घटनास्थलमा मोटरसाइकलसहित ढलेका चालक
माइतीघरबाट नयाँ बानेश्वरस्थित कार्यलय आउनका लागि प्रविन प्रधान र राजीव अधिकारी बा २८ प २९४८ को बाइकमा निकै तीव्र गतिमा कुदिरहेका थिए। बबरमहलस्थित जिल्ला अदालत अगाडिको मूल सडकको जेब्रक्रसबाट बाटो काट्दै गरेका यात्रुलाई ठक्कर दिएपछि उनीहरु गति बढाएर भाग्ने खोजे।


अनियन्त्रित गतिका कारण सन्तुलन गुमाएर मोटरसाइकल गलत दिशातर्फ मोडियो। त्यही क्रममा बानेश्वरतिरबाट आइरहेको पर्यटक बससँग बाइक ठोक्कियो। ठोक्किनसाथ दुवैजना सडकमा ढलेका थिए।

पछाडि बस्ने प्रविन टाउको फुटेको थियो। करिब पन्ध्र मिनेट जति दुवै घाइते सडकमा ढले। घाइतेको टाउकोबाट रगत बगिरह्यो। रमिता हेर्नेहरुको भीड लाग्यो तर त्यहाँ तत्काल उद्धार गर्ने कोही भएन न त प्रहरी नै आयो। करिब पन्ध्रमिनेट पछि प्रहरी आयो र  घाइतेलाई उठाएर ट्याक्सीमा अस्पतालतर्फ लगिएको थियो।

दुर्घटनापछि घाइते प्रविणलार्इ ट्याक्सीमा हालिँदै । उनको अन्नपूर्ण न्यूरो अस्पतालमा लैजाने क्रममा ज्यान गयो
माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल पुर्‍याउनसाथ चिकित्सकले बाइकको पछाडि बस्ने २३ वर्षीय प्रविन प्रधानलाई मृत घोषणा गरेका थिए। बाइक चलाउने उनकै साथी राजीव अधिकारीको भने उपचार भइरहेको छ।

दुर्घटनामा घाइते राजिब अधिकारीको अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएपछि
सडक विस्तार भइसकेपछि बबरमहलको यही ठाउँमा तीनपटक सडक दुर्घटना भइसकेको छ। असोज २७ गते बबरमहलमा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको थियो भने त्यही ठाउँमा मंसिर २१ गते एक स्कुटर चालक महिलाको ज्यान गएको थियो।  अन्नपूर्ण पोष्ट बाट साभार

news and entertainment