भ्रष्ट अधिकारी छुटाउन पुलीसले नै जुलुस निकालेपछि…
February 8,
नेपालगन्ज । घुस लिँदालिँदै रंगेहात अख्तियारको फन्दा परेका प्रहरी नायव निरीक्षक सुमन खरेललाई छुटाउन दबाब दिने १३ प्रहरी कारवाहीमा परेका छन् ।
शुक्रबार राति २५ हजार घुससहित धम्बोजीस्थित क्रस रोड होटलबाट पक्राउ सई खरेललाई छाड्न दबाब दिँदै तीन घण्टासम्म अख्तियारको टोलीलाई नियन्त्रणमा लिनेमध्ये ६ जना प्रहरी निलम्वनमा परेका छन् ।
निलम्वनमा परेका सबै प्रहरी जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत छन् ।
कोहलपुरस्थित अख्तियारको सम्पर्क कार्यालयको टोलीलाई शुक्रबार मध्यराति ३ घण्टासम्म नियन्त्रणमा लिने दुई प्रहरी नायव निरीक्षकसहित सातजनालाई नियन्त्रणमा लिइएको हो ।आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।