यौन तिर्खा मेटाउन अब निस्कने भए रोबोट वेश्याहरू

न्युजिल्याण्डका शोधकर्ताहरुले यौनकर्मी रोबोटको निर्माण गरेका छन् । आउँदा दिनमा यस्ता रोबोटले यौनकर्मी महिलाहरुको स्थान लिने र यौनकर्मी महिलालाई विस्थापित गर्दै पुरुषहरुलाई यौनसन्तुष्टी प्रदान गर्ने बताइएको छ ।


महिलाको सुन्दर आकृतिमा रहने त्यस्ता रोबोटले पुरुषहरुलाई भरपूर यौन सन्तुष्टी दिनेछन् । शोधकर्ताहरुका अनुसार सन् २०५० सम्ममा धनी देशहरुमा रोबोटले यौनकर्मी महिलाहरुको स्थान लिइसक्नेछ ।

वेलिंगटनको भिक्टोरिया म्यानेजमेन्ट स्कुलका शोधकर्ता इयान यिमेन र मिशेल मार्सले यस्तो यौनकर्मी महिला रोबोटको निर्माण गरेका हुन् ।
यसअघि विभिन्न फिल्ममा देखाइने गरिएका यौनकर्मी रोबोटका एनिमेटेड दृश्यहरु अबका दिनमा पूर्ण रुपमा सत्य सावित हुनेछन् । यौनकर्मी रोबोट महिला रहने त्यस्ता काल्पनिक वेश्यालयको नाम यब-यम राखिएको छ ।

news and entertainment