आकाशमै ठोक्किए दुई विमान, ३ जना बेपत्ता

एजेन्सी लस एञ्जलस, माघ २३


अमेरिकाको लस एञ्जलसमा दुई साना विमान आकाशमै आपसमा ठोक्किएका छन्। समाचार संस्था एपीका अनुसार शुक्रबार दिउँसोको साढे तीन बजे ती दुई विमान आपसमा ठोक्किएपछि समुद्रमा खसेका थिए।
दुई विमानमा ३ जना मानिस सवार रहेका अमेरिकी अधिकारीहरूले जनाएका छन्। विमान समुद्रमा खसेसँगै दुवै विमानमा सवार ३ जना वेपत्ता भएका छन्। गोताखोरहरूले विमानका केही भाग फेला पारेका छन्।

दुवै विमान नजिकैको टोरान्स विमानस्थलबाट उडेका थिए। हेलिकोप्टर र डुंगाबाट बेपत्ता भएका व्यक्ति र विमानको खोजी भइरहेको छ।

 (सेतोपाटी)

,

news and entertainment