ब्रसेल्समा शक्तिशाली विस्फोटः ३१ जनाको मृत्यु, नेपालीहरु सुरक्षित

ब्रसेल्स, ९ चैत । बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल लगायतका ठाँउमा मङ्गलबार बिहान गराइएका शक्तिशाली विस्फोटमा परी कम्तिमा बीस जनाको मृत्यु भएको छ भने १०९ जना घाइते भएका स्थानीय नगर प्रमुख यभान मेइयूरले मालभिक स्टेशनको दृष्य बताउनुभयो ।

घाइतेमध्ये कतिपयको अत्यन्तै गहिरा चोट लागेकोले मृतक सङ्ख्यामा अझै वृद्धि हुनसक्ने मेइयूरले बताउनुभयो ।
त्यस्तै, ब्रसेल्सको विमानस्थलमा भएका दुई अन्य विष्फोटमा ११ जनाको मृत्यु भएको र दुवै ठाउँमा गरी जम्मा ३१ जनाको मृत्यु भएको प्राप्त समाचारमा उल्लेख छ ।

मङ्गलबार बिहान दुई वटा शक्तिशाली विस्फोट भएका थिए । विमानस्थलको टर्मिनल भवनबाट धुवाँ उडिरहेको र त्यस घर वरिपरिको वातावरण अत्यन्तै तनावपूर्ण रहेको जानकारी ब्रसेल्सका टेलिभिजनहरुले देखाएका थिए ।
विमानस्थलमा सङ्कटकालीन अवस्थाको घोषणा गरी व्यापक मात्रामा प्रहरी परिचालन गरी थप घटना हुन र घटनामा सम्लग्न समूहको खोजी जारी राखिएको छ ।
नेपालीहरु सुरक्षितयसैगरी ब्रसेल्स क्षेत्रभित्र करिव ५ सय नेपालीहरु बसोवास रहेको बेल्जियमस्थित नेपाली दूतावासले जानकारी दिएको छ । दूतावास अधिकारीहरुका अनुसार अहिलेसम्म कोही पनि त्यसमा परेको खबर आएको छैन् ।
सबै नेपालीहरुसँग सम्पर्क गर्ने र गैर आवासीय नेपालीहरुमार्फत बुझ्ने कार्य भइरहेको छ । घटनास्थल वरिपरि नेपालीहरु बसोवास गरेता पनि घटनामा हताहत भएको हालसम्म कुनै जानकारी प्राप्त नभएको नेपाली दूतावास बेल्जियमका उपप्रमुख घनश्याम भण्डारीले बताए । उनले भने– ‘घटनामा कोही नेपाली पनि पर्यो कि भन्ने बारेमा बुझ्ने काम भइरहेको छ । यो घटनाले हामीलाई स्तब्ध बनाएको छ ।’
एनआरएनका अध्यक्ष गंगाधर गौतमले घटनाबाट आफू स्तब्ध भएको भन्दै नेपालीहरुलाई सहयोगको लागि सम्पर्कमा रहन भनेका छन् । उनले नेपाली हताहत भएको अहिलेसम्म जानकारी नआएको बताउँदै सहयोग गर्नुपरे तुरुन्त तयार रहेको जानकारी गराए । ब्रसेल्समा रहेका नेपाली तथा अन्य सर्वसाधारणहरु बाहिर निस्कन समेत डराएका छन् ।

 dainiknepal

news and entertainment