कोटेश्वर क्षेत्रमा विगविगी मच्चाउने यी हुन् ‘टोले गुन्डा’, प्रहरी निरीक्षकको संरक्षण
काठमाडौं, ४ चैत । गुण्डागर्दी विरुद्ध महानगरीय प्रहरी आक्रमक रुपमा पस्तुत भएपछि राजधानीमा कहलिएका डन यतिखेर गुमनाम छन् । तर केही दलालले कथित प्रहरीको आडमा टोलका चुल्ठे, मुन्द्रेलाई गुण्डागर्दीमा सक्रिय गराउन थालेका छन् ।
घर जग्गा व्यापारी दोलखाका दीपककुमार राउतले कोटेश्वर क्षेत्रका आभारा सिजल नाम गरेका टोले गुन्डालाई केही रुपैयाँको प्रलोभन देखाई गुण्डागर्दीमा सक्रिय गराउन थालेको स्थानीय पीडितहरूले बताएका छन् ।
राउतले गोठाटारमा बैना गरेको ८ रोपनी जग्गामा बिबाद आएपछि सिजल जस्ता बेरोजगार टोले गुन्डाको प्रयोग गरी स्थानीयलाई तर्साउन थालेका हुन् ।
बालि काटेपछि १० हजार जरिवाना तिरेर त्याहाबाट ज्यान जोगाएर फरार भएका राउतले भोलिपल्ट टोले गुन्डा सिजलको नेतृव्यमा २५ वटा मोटर साईकलमा गुण्डा लिएर गोठाटार पुगेको स्थानीय शिव चापागाइँले बताए ।
८ रोपनी जग्गा प्लटिङ गर्ने मिलाई दिने चापागाइँलाई राउतले कि अर्को ८ रोपनी जग्गा मिलाई देउ कि मेरो ढेड करोडको तीन करोड रुपैयाँ देउ भन्दै धम्काउने गरेका छन् ।
उनले उक्त पैसा असुल्न कोटेश्वर प्रभागका प्रहरी निरीक्षक केशब भाटको समेत दुरुप्रयोग गर्न थालेका छन् ।
भाटले आफ्नो क्षेत्रभन्दा बाहिर गोठाटार पुगेर चापागाइँलाई ‘तेरो नाममा इन्काउन्टर निस्केको छ, याद गर’ भन्दै पेस्तोल देखाएर तर्साएको भन्दै पीडित चापागाइँले महानगरीय प्रहरी परिसरमा ज्यान धनको सुरक्षा गरी पाँउ भन्दै निबेदन दिएका छन् ।
यस विषयमा प्रहरी परिसरले प्रहरी निरीक्षक भाटलाई मंगलवार कारवाहीको चेतावनी दिँदै सचेत गराएको छ ।
राउतले एमाले नेतृ नीरु पालको नाम जोडर आफ्नो गलत धन्दा चलाउने गरेको स्थानीय एमाले कार्यकर्ताको आरोप छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सर्बेन्द्र खनालको नाम समेतलाई राउतले बदनाम गर्दै आएका छन् । ‘एसएसपी खनालसँग मेरो कुरा भई सकेको छ, याँहा आएर गोली ठोक्छु भनेको छ’ भन्दै राउते टोले गुन्डाको आडमा स्थानीयलाई तर्साउने गरेको चापागाइँले बताए । (तस्बिर सौजन्य अपराध खबर डटकम)
dainiknepal
