होलीमा जबर्जस्ती नगर्न आग्रह : गरीहाले यस्ताे कार्वाही हुने

बुधबार, चैत्र ०३, २०७२
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले होली पर्वका नाममा जबर्जस्ती लोला हान्ने, अबिर, रङ तथा मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने रासायनिक पदार्थ छ्याप्ने तथा दल्ने कार्य नगर्न÷नगराउन सबैसँग अनुरोध गरेको छ ।

कार्यालयले आज एक विज्ञप्ति जारी गरी कसैको इच्छाविपरीत लोला हाने स्थानीय प्रशासन ऐन, २०२८ तथा केही सार्वजनिक (अपराध र कसुर) ऐन, २०२७ को दफा २ तथा ६ बमोजिम कारबाही हुने जनाएको छ । रासस
purbelinews

,

news and entertainment