सुपरस्टार रजनीकान्तमाथि चोरीको अभियोग
मुम्बई–दक्षिण भारतका सुपरस्टार रजनीकान्तलाई फिल्मको कथा चोरेको अभियोगमा अदालतमा उपस्थिति हुन आदेश दिइएको छ। मदुरैको एक अदालतले रजनीकान्तको फिल्म 'लिंगा' को कथा चोरेको अभियोगमा अदालतमा उपस्थित हुन आदेश दिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन।
अदालतले 'लिंगा'का निर्देशक केएस रवि कुमार, फिल्मका लेखक बी पोनकुमार र निर्माता रकलिन वेंकटेशलाई पनि अदालतमा उपस्थित हुन आदेश दिइएको छ। अतिरिक्त न्यायालयका न्यायाधीशले मद्रास उच्च न्यायालयलाई सो मालिमाको सुनुवाई ३० अप्रिलसम्म पूरा गर्न निर्देशन दिएको संचारमाध्यमले उल्लेख गरेका छन्। विपक्षीको अनुरोधमा सो मामिला उच्चन्यायालयमा स्थानान्तरण गरिएको थियो। विपक्षीले लिंगाको निर्माताले आफ्नो फिल्मको कथा चोरी गरेको आरोप लगाएका छन्।
nagariknews
