यी युवतीले मधेसमा मच्चाइन तहल्का, गाउँले सबै चकित
वीरगञ्ज, २५ चैत । उमेर नपुग्दै अभिभावकले जबरजस्ती बिहे गरिदिन लागेपछि वीरगन्जकी रिंकु ठाकुर लोहारले विद्रोह गरेर घर त्यागेकी छन् ।
बुधवार विहान घरपरिवार छाडेर निस्किएकी रिंकलाई वीरगन्जस्थित माइती नेपालको आफ्नो आवधिक गृहमा संरक्षण दिएर राखेको छ ।
वीरगन्ज उपमहानगरपालिका १ छपकैयाका नागेन्द्र ठाकुर लोहारकी जेठी छोरी हुन् रिंकु । उनले १२ कक्षा पास गरेकी छिन्। उनका एक बहिनी र भाई छन्। उनी हाल वीरगन्जकै तराई एफएममा समाचार वाचन गर्छिन् ।
मधेसी दलित परिवारकी रिंकुको उनका अभिभावकले उमेर नपुग्दै भारत घोडासहनका सात कक्षा पढेका युवकसँग बिहेको कुराकानी छिनेका छन्। वैशाख १३ मा उनको बिहे तय भएको छ। बिहेका लागि रिंकुका अभिभावकले केटा पक्षलाई नगद एक लाख ३० हजार रुपैयाँ दाइजो बुझाइसकेका छन्।
उमेर नपुगेकाले अहिले बिहे नगर्ने र अझै पढ्ने इच्छा बारम्बार सुनाउँदा पनि बुबाआमाले जबरजस्ती बिहेको कुरा छिनेको रिंकुले बताइन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
