डीभी खुल्यो, अधिकतम ३ हजार पाच सय नेपाली अमेरिकाका आउन पाउने

वासिङ्टन डिसी I  अमेरिका स्थायि बसोवासका लागि जाने सवैभन्दा सजिलो माध्यम डाईर्भसिटी भिषा (डीभी) २०१७ को नतिजा आएको छ ।

अमेरिकामा सवैभन्दा कम अप्रवासी भएको देशका लागि भनेर डीभी अमेरिकी सरकारले यस्तो कार्यक्रम ल्याएको हो । यो प्रकृयावाट ५० हजार व्यक्ति अमेरिका आउन सक्छन् ।


सन् २०१६ मे ३ सम्म डीभीका लागि फारम भरेकाले उक्त वेवसाइटमा गई आफ्नो नाम र कम्र्फमेशन नम्बर हानेर परे नपरेको हेर्न सकिन्छ । अमेरिकी सरकारले यसवारेमा कुनै पनि पत्रचार गर्दैन न इमेल नै पठाउंछ । कति नेपालीलाई यस बर्ष डीभी पर्यो अहिले सम्म जानकारी आएको छैन । तर, एक पटकमा एउटा देशका लागि ३ हजार ५ सयको सिमा तोकिएको छ । यो भन्दावढीले अमेरिका जान पाउंदैनन् । नेपालमा डीभी अत्याधिक लोकप्रिय छ । प्रत्येक बर्ष हज्जारौंले डीभी फारम भर्दै आएका छन् । प्रतिव्यक्ति जनसंख्याका आधारमा डीभी भर्ने देशमा नेपाल निकै अगाडी पर्छ ।  डीभी परेर अमेरिका आउनेको संख्या पनि उल्लेख्य छ ।

डीभी पर्नेले १२ कक्षा उतिर्ण हुन पर्छ । दुई वर्ष कार्य अनुभवका आधारमा पनि अमेरिका डीभीका लागि योग्य हुन सक्छन् । डीभीमा ६ भौगोलिक क्षेत्रका देशले सहभागी हुन पाउने गरि छ्टयाईएको छ । तर, एउटा देशवाट बर्ष वा पटकमा ७ प्रतिशत अर्थात ३ हजार ५ सयले मात्र अमेरिका जान पाउने गरी सिमा तोकिएको छ  ।  डीभीमा प्रकृया अनुसार फारम भर्नेलाई कम्युप्टरकृत चिठ्ठा मार्फत छानिने गरिन्छ । यसमा कुनै शुल्क तिर्नु पर्दैन । डिभी परेपछि अमेरिकी राजदुतावासले भने अनुसार प्रकृया पुरा गर्नु पर्छ । अमेरिकामा जानेले त्यहां बसोवासका लागि भने आफैं व्यवस्था गर्नु पर्छ ।

भारत, चीन, मक्सिको जस्ता अमेरिकामा अप्रवासी धेरै भएका देशका वासिन्दाले डीभीमा सहभागी हुन पाउंदैनन् । युरोप र अफ्रिकाका धेरै देशले डीभीमा सहभागी हुन पाउंछन् । डीभीका लागि तोकिएको सख्या मध्ये यी क्षेत्रका देशको ८० प्रतिशत हिस्सा हुने गरेको छ ।

डीभी अमेरिकामा स्थायि वसोवासका लागि चाहिने ग्रिन कार्ड र अमेरिकी नागरिक हुने सवैभन्दा सजिलो माध्यम हो । ग्रिनकार्ड पाएको पांच बर्षमा तोकिएको फारम भरी समान्य परिक्षा पास गरेपछि अमेरिकी नागरिक हुन पाइन्छ । अमेरिकी नागरिकता लिए पछि उक्त देशको पासपोर्टमा विश्व भ्रमण गर्न पाइनुका साथै मतदान गर्न लगायतका विविध सुविधा पाइन्छ । तर, हाल भईरहेको नेपाली नागरिकता भने त्याग्नु पर्ने हुन्छ । नतिजा यो लिंक मार्फत https://www.dvlottery.state.gov  हेर्न सकिन्छ ।
himalayakhabar

,

news and entertainment