बुधबारदेखि काठमाण्डुमा नयाँ नियम लागु हुँदैछ, थाहा छ ?, छैन भने पढ्नुस्

काठमाण्डु, २१ वैशाख– काठमाण्डु स्तम्भ निर्माणको काम सुरु गर्नका लागि बुधबारदेखि पुरानो बसपार्कमा पार्किङ गरिँदै आएका सावारी साधन खुला मञ्चमा सारिने भएका छन् ।
महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार पार्किङको लागि खुला मञ्चमा सबै तयारी पूरा भइसकेको र बुधबार बिहानदेखि नै पुरानो बसपार्कमा यातायातका साधन आउने र जाने क्रम रोकिने छ ।
निर्माण अवधिभर यातायातका साधन खुला मञ्चबाट नै आवतजावत गर्ने बताइएको छ । पार्किङ सारेसँगै स्तम्भ निर्माणको काम सुरु गरिने निर्माणको जिम्मा पाएको जलेश्वर, स्वच्छन्द र विकोइका प्रबन्धक मनोज भेटुवालले बताए । तीन अर्ब ५० करोडको लागतमा निमाण गरिने बाह्र तले काठमाण्डु स्तम्भको निर्माण कार्य १८ महिनामा सक्ने लक्ष्य छ ।
स्तम्भले ओगट्नेमध्ये २० प्रतिशत स्थान पार्किङका लागि छुट्याइने बताइएको छ । सो भवनमा व्यवस्थित सिनेमा हल, पौडी पोखरी, रेस्टुराँ, बैंक तथा काठमाण्डु महानगरपालिकाको वडा कार्यालय रहने छ । स्तम्भ निर्माणका लागि जलेश्वर, स्वच्छन्द र विकोइ र महानगरपालिकाबीच गत फागुन २२ गते सम्झौता भएको हो ।
सम्झौता अनुसार ती कम्पनीले आफ्नो लगानीमा भवन निर्माण गरी ३० वर्षसम्म चलाउनेछन् । पाँच वर्षभित्र स्तम्भ निर्माण गरिसक्नुपर्ने छ ।
kathmandutoday

,

news and entertainment