पृथ्वी जस्तै तीन वटा ग्रह भेटियो,जीवनको सम्भावनाबारे अनुसन्धान जारी


खगोलविद्हरुले सौर्यमण्डलको वातावरण भएको  पृथ्वी जस्तै तीन वटा ग्रह पत्ता लगाएका छन् ।



तीन वटै ग्रहमा जीवनको सम्भावना रहेको वैज्ञानिकको भनाई छ ।

पृथ्वीबाट ४० प्रकाश वर्षको दूरीमा रहेका यी तीन ग्रहको आकार पृथ्वी तथा शुक्र ग्रह समान रहेको खगोलविद्हरुले बताएका हुन् ।

बेल्जियमका अनुसन्धानकर्ता माइकल गिलेनका अनुसार यी ग्रह शुक्र, पृथ्वी तथा मंगल ग्रहको स्तरका छन् । पत्ता लागेका नयाँ ग्रहको सतहमा तरल अवस्थामा पानी रहेको हनुसक्ने र यसमा जीवनको सम्भाव पनि रहेको अनुसन्धानकर्ताले बताए ।

अहिले उपलब्ध रहेको प्रविधिबाट यी ग्रहको वायुमण्डलीय बनावटको बारेमा अध्ययन गर्न सकिने र त्यहाँ जीवनको सम्भावना पनि खोज्न सकिनेछ ।

News24Nepal

,

news and entertainment