घैंटेलाई जस्तै ५ गुण्डा नाइकेहरुलाई प्रहरीले इन्काउन्टर गर्नसक्ने

काठमाडौं–मोस्ट वान्टेड सूचीमा रहेकै बेला डन गणेश लामाले अदालतमा उपस्थित भएर प्रहरीलाई जिल्याएका छन् । अपहरण मुद्दामा फरार रहेका लामा भूमिगत रुपमा विशेष अदालत र ललितपुर जिल्ला अदालतमा आफूविरुद्वको मुद्दा मिलाउन सक्रिय छन् ।


गत ११ चैतमा उनी गोप्य रुपमा अदालतमा उपस्थित भएर भूमिगत भएका हुन् ।  अदालतमा उपस्थित नहुँदा मुद्दा मिलाउन गाह्रो हुने भएपछि उनी प्रहरीलाई छक्याउँदै अदालतमा उपस्थित भएका हुन् ।

लेनदेन विवादमा ललितपुरका एक जग्गा दलाललाई घरमा बन्धक बनाई जर्बजस्ती कागज गरेको घटनामा लामा फरार छन् । कुमार घैंटेलाई जस्तै प्रहरीले इन्काउन्टर गर्न सक्ने डरले उनी विदेश भागेका थिए । तर, पछिल्लो समय उनी विजयकुमार गच्छदारको आडका कारण काठमाडौंमा धाउन थालेका हुन् ।

कुमार घैंटेको इन्काउन्टरपछि अधिकाशं समय दुबई भागेका थिए लामा ।

प्रहरीले जुनसुकै बेलामा पनि गुण्डा नाइकेलाई इन्काउन्टर गर्न सक्ने बताइएको छ । लामा मात्र होइनन् सबै डनहरु विशेष अदालतमा चलखेलमा लागेका छन् । चलखेलकै कारण उनीहरुविरुद्वको सम्पत्ति शुद्विकरण मुद्दाको पेशी पटक–पटक सर्दै आएको छ । अदालतमा मुद्दाको सबै प्रक्रिया पूरा भइसकेपनि उनीहरुको पेशी दुई महिना यता सरेकै सर्यै छ ।

५ गुण्डा नाइकेविरुद्व मुद्दा दायर भएको करिब ३ वर्ष भइसकेको छ । सम्पत्ति शुद्विकरण अनुसन्धान विभागले गणेश लामासहित, परशुराम बस्नेत, अभिषेक गिरी, दिपक मनाङे र चक्रे मिलनविरुद्व मुद्दा दायर गरेको थियो । अदालतमा सबै प्रक्रिया पूरा भइसकेपनि मुद्दाको पेशी सर्दै आएको छ । आजको देसिट साप्ताहिकमा खबर छ ।
ratopati

,

news and entertainment