सीता एयरको विमान हुम्लामा दुर्घटना: चारजना यात्रु घाइते

१८ जेठ, हुम्ला । हुम्लामा भएको विमान दुर्घटना भएको छ । नेपालगञ्जबाट हुम्लाका लागि उडेको नाइन एन अल्फा होटल ब्राबोको सीता एयर लाइन्सको विमान दुर्घटना हुँदा चालक दलका तीनसहित चारजना यात्रु सामान्य घाइते भएका छन् । कुनै ठूलो चोटपटक नलागेको बताइएको छ ।

हुम्ला विमानस्थलमा ल्याण्डिङ गर्नेक्रममा विमान दुर्घटना भएको हो । विमानको पंखामा क्षति पुगेको छ भने दुवै टायर पम्चर भएका छन् ।

news and entertainment