मोरङकी चेली साउदीमा बन्धक

१७ जेठ, विराटनगर । धेरै कमाई हुने जागिर लाइदिने आश्वासन दिएर दलालद्धारा मुम्बईको बाटो भई साउदी अरेबिया पुर्‍याइएकी एक महिला दलालमार्फत घरेलु कामदारका रुपमा साउदी पुर्‍याएकी मोरङ गोविन्दपुरकी २२ बर्षकी रुविना खातुनलाई साहुले बन्धक बनाएर राखेका छन् ।

आफन्तका अनुसार रुविनालाई घरभित्र थुनेर राखिउको छ । साहुले आफन्तसँगको सम्पर्क विच्छेद गराई शारीरिक तथा मानसिक यातना दिने गरेकेा आफन्तले जनाएको अन्नपूर्ण पोष्टमा खबर छ ।

पीडितका दाजु मोहम्मद समयदुलका अनुसार तीन महिनाअघि एकपटक टेलिफोन गरी आफ्नो जीवन असुरक्षित रहेको भन्दै रुविनाले चाँडो भन्दा चाँडो साहूबाट मुक्त गर्न बिन्ती गरेकी थिइन् । टेलिफोन गरेको देखेर साहुले खोसेर फोन राखेपछि अहिलेसम्म सम्पर्क नभएको उनको भनाई छ । तर उनी बसेको ठाउँको बारेमा कुनै जानकारी नभएको पनि दाजुले बताए । परिवारका अनुसार खातुनलाई हरैचाकी मीना पौडेलले महिनाको २२ हजार रुपैयाँ दिने आश्वासन दिँदै मुम्बइको बाटोबाट साउदी पुर्‍याएकी थिइन् । पुगेयता उनले पहिलो पटक फोन गरेकी थिइन् ।

news and entertainment