कुपण्डोलमा भेटिए बेबारिसे केटाकेटीका पिता :-आफ्ना छोराछोरीसमेत बालगृहमा -
१७ जेठ, काठमाण्डौ । राजधानीका सडकमा प्लाष्टिक टिप्ने सडक बालबालिकाका आमाबुबा को हुन् भन्ने कसैलाई पत्तो छैन । आफूलाई सभ्य ठान्ने नागरिकहरु कसैलाई गाली गर्नु पर्दा ‘खाते’ भन्दै यिनै बेबारिसे बालबालिकालाई थप अपमान गर्छन् । तर, कुपण्डोलमा फेला परेका एक युवकले चाँहि राजधानीका सडकमा भेटिने सबै बालबालिकाहरुको जिम्मा लिएका छन् । बेबारिसे बालवालिका साझा पिता हुन् रुकुम गोतामकोट निवासी ३० वर्षीय ललित शाही ।
आफैं टुहुरा हुन् शाही
आफू तीन वर्षकै छँदा आफ्ना पिता गुमाएका शाहीले आफ्नो बाल्यकाल सम्झिदै सडक बालबालिकाहरुलाई राम्रो शिक्षा दिने र असल नागरिक बनाउने अठोठका साथ कुपण्डोलमा ‘पापाज होम’ अर्थात ‘पिता-घर’ नामक बालगृह स्थापना गरेका हुन् ।
सानो छँदा गाउँमा स्थानीय क्लब खोलेर सामाजिक सेवामा लागेका शाहीले अहिले भने समाज रुपान्तरणका लागि अभियान नै चलाएर पापाज होममा २२ जना सडक बालबालिका एवं टुहुराहरुको स्याहार गर्दै आएका छन् । सुरुमा १२ बालबालिकालाई समेटेर बालगृह सञ्चालनमा ल्याएका उनले अहिले भने २२ बालबालिकालाई आफ्नै छोराछोरीसरह पालिरहेका छन् । सडकमा बेबारिस बनेका असहाय बालवालिकाहरुले शिक्षादीक्षाका साथै प्यारा बाबुसमेत पाएका छन् । अनलाइनखबरकर्मी बालगृहमा पुग्दा बालबालिकाहरु उनकै वरिपरि आफ्नै बुबासँग जिस्किएझैँ गरी खेलिरहेका थिए भने कोही पढिरहेका थिए ।
पापाज होमका अध्यक्ष शाहीले बालगृहमा अहिले ५ सडक बालबालिका र १७ टुहुरा बालबालिकालाई आश्रय दिएका छन् । शाहीले वौद्धमा सडक पेटीमा कुलतमा फसेका बालबालिकालाई दैनिक खाना समेत खुवाउँदै आएका छन् । समाज सेवाका नाममा आफ्नो गोजी भर्नेहरुको भिड नेपालमा सानो छैन । तर, शाहीले यो कुराको प्रतिवाद गर्दै भने,’कुनै व्यक्ति वा संस्थाले त्यसो गर्यो भन्दैमा सबै बालगृह तथा बृद्धाश्रममा त्यस्तै हुन्छ भन्ने भ्रम नेपाली समाजमा छ । त्यसलाई चिर्न मजस्ता समाजसेवीहरुले भूमिका खेल्दै आएका छौं । त्यो राम्रो काम गरेर देखाउनेछु ।’
आफ्ना छोराछोरी समेत बालगृहमा
शाहीले आफ्ना बालबालिकालाई समेत यही बालगृहमा राखेर तीनै सडक बालबालिकासंगै स्कुलमा पढ्न पढाउने गरेको बताए । उनले भने,-’मेरा आफ्नै एक छोरा र दुई छोरी छन् । यी तीनैजनालाई पनि सडक बालबालिकासँगै राखेर पढाइरहेको छु । सँगै स्कुल पढ्न जान्छन् र सँगै खान्छन्, खेल्छन् र सँगै सुत्छन् ।’ शाहीले २२ बालबालिकालाई आफ्नै बच्चासरह व्यवहार गर्दै आएको र समान माया दिँदै आएको बताए । शाहीले बालगृहमा रहेका अधिकांश बालबालिकालाई त्रिपुरेश्वरस्थित विश्वनिकेतन स्कुलमा र केहीलाई कुण्डोलमा रहेको स्कुलमा पढाइरहेका छन् । शाहीले उनीहरुका लागि आफूले मासिक शुल्क झण्डै १२ हजार स्कुललाई बुझाउने गरेको बताए ।