यूएईमा एक नेपालीको मृत्‍यु

आबुधाबी । संयुक्त अरब एमिरेट्स यूएईको अलऐनमा एक नेपालीको मृत्‍यु भएको छ । रोजगारीका लागि २ बर्ष अघि यूएई आएका अर्घाखाँची डिभर्ना ७ का तिलक श्रेष्ठको गत बिहीबार मृत्‍यु भएको हो ।
अलऐनमा रहेको दुस्समन गल्फ क्लीनिङ कम्पनीमा कार्यरत श्रेष्ठ बिहीवार राती अवेर सम्म सहकर्मीहरुसँगै क्यारम्बोर्ड खेलेर बसेका थिए । सबै रमाइलो गरी राम्रै सग खाना खाएर सुतेका उनी बिहान अबेर सम्म उठेका थिएनन् । अबेरसम्म नउठेकोले सँगै एउटै कोठामा बस्ने अन्य साथीहरूले हेर्दा उनी मृत अवस्थामा भेटिएका थिए ।
कम्पनीले शुक्रबार बिहानै तिलकको मृत्‍यु भएको भन्दै नेपालमा रहेका उनका आफन्तलाई फोन मार्फत जानकारी गराएको थियो । ‘श्रीमानको बिदेशमा मृत्‍यु भएको खबरले उनकी श्रीमती बेहोश छिन्, खास सत्यतथ्य केहो बुझीदिनु पर्यौ’, शुक्रबार दिउँसो ३ बजे तिर नेपाल बाट उनका आफन्तजनले फोन मार्फत अर्घाखाँची संपर्क समिति यूएईका अध्यक्ष राजु खड्कालाई संपर्क गरी सोध खोज गरिदिन आग्रह गरेका थिए ।
३३ बर्षिय श्रेष्ठ जुलाई ७ गते दुई महिने बिदामा नेपाल फर्कदै थिए । परिवारमा रुवावासी छ । घरको आर्थिक अवस्था कमजोर छ । श्रीमतीको दुई दिनसम्म होश खुल्न सकेको छैन । यता मृतकको कम्पनीले इन्सुरेन्स नगरेका कारण उनको शवलाई पोस्टमार्टमका लागि समेत ढिलाई भएको छ । अहिले मृतकको शव अलऐनमा रहेको जिमी हस्पिटलमा राखिएको छ । हृदयघातका कारण मृत्‍यु भएको भन्ने पोस्टमार्टमको नतिजाले देखाएको कम्पनीले जनाएको छ ।
प्रशाशनिक प्रकृया पुरा गरे लगत्तै श्रेष्ठको शबलाई नेपाल पठाउन सहयोग गरिदिन उनीसँगै कार्यरत नेपाली सहकर्मीहरुले सबैमा अपिल गरेका छन्।

news and entertainment