बैठक चल्दाचल्दै दाहाललाई भेट्न आए भारतीय राजदुत

काठमाडौ, जेष्ठ २५ - एमाओवादीको केन्द्रीय पदाधिकारी र संगठन बिभाग प्रमुखहरुको बैठक चलिरहेको बेला आइपुगेका भारतीय राजदुत जयन्तप्रसादसँग अध्यक्ष पुष्पकमल दाहालको छलफल जारी छ ।

भोलि बस्ने केन्द्रीय समिति बैठकको एजेन्डाबारे छलफल गर्न बसेको बैठक भने तीन बुँदे एजेन्डा तय गर्दै सकिएको छ । भोलिको केन्द्रीय समितिको बैठकमा कार्यबिभाजन गर्ने, पार्टीले लिएको नीति उत्पादन र निर्माण बिषय र सामसामयिक राजनीतिक बिषयमा छलफल हुने महासचिव पोष्टबहादुर बोगटीले बताए ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको बैठक करिब तीन घण्टा चलेको थियो ।

news and entertainment