काठमाडौं र रूपन्देही भिड्ने
भैरहवा, जेष्ठ २५ - राष्ट्रिय बहिरा क्रिकेट उपाधिका लागि गत वर्षको विजेता काठमाडौं बहिरा क्रिकेट संघ र उप विजेता रूपन्देहीबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार धरान बहिरा क्रिकेटलाई ४१ रनले पराजित गर्दै काठमाडौ फाइनलमा प्रवेश गरेको हो ।
मोरङ बहिरा क्रिकेट संघको टिमलाई ७ विकेटले पराजित गर्दै रूपन्देही फाइनलमा पुगेको हो । काठमाडांैले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३२ रनको योगफल तयार गरेको थियो ।
त्प्रत्युत्तरमा १ सय ३३ रनको लक्ष्य पछ्याएको धरान २० ओभरमा सबै विकेट गुमाई ९१ रनमा सीमित भयो । काठमाडौंका सुजेन्द्र श्रेष्ठ प्लेयर अफ द म्याच घोषित भए । समूह 'बी' को अन्तिम लिग खेलमा रूपन्देहीले मोरङलाई ७ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको मोरङले २० ओभरमा ८ विकेट गुमाई ८४ रनको सामान्य योगफल बनाएको थियो । रूपन्देहीले १५ ओभर ४ बलमा ३ विकेट क्षतिमा विजयी भएको हो ।
रूपन्देहीका 'म्यान अफ द म्याच' समेत रहेका पूर्ण बहादुर थारूले २७ रन बनाए । प्रतियोगिताको फाइनल शनिबार बिहान हुने आयोजकले जनाएका छन्