बैशाख २०, ललितपुर ।
नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटवलको उपाधिमाथि ह्याट्रिक गरेको छ । उपाधिको निर्णायक मानिएको सुपर लिगको अन्तिम खेलमा आज पूर्वाञ्चललाई २–१ ले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । पहिलो र दोस्रो संस्करणको उपाधि पनि पुलिसले जितेको थियो ।
ससस्त्र प्रहरीको एपीएफ क्लबसँग समान ६ अंक भएपनि हेड टु हेडका आधारमा पुलिस च्याम्पियन बन्यो । सुपर लिगको खेलमा आर्मी एपीएफसँग २–१ ले र एपीएफ पुलिससँग ३–१ ले पराजित भएका थिए । पुलिस, एपीएफ र आर्मीको समान ६ अंक भएपनि हेड टु हेडका आधारमा उपाधि विजेताको टुङगो लागेको हो । सुपर लिगमा पूवाञ्चल भने अंक बिहिन बन्यो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलको ८४ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै निरु थापाले गोल गरेपछि पुलिसले उपाधि उचालेको हो । बिमला शेर्पाले डिबक्स भित्र हेण्डवल गरेपछि पुलिसले पेनाल्टीको मौका पाएको थियो ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलको छैठौं मिनेटमा निरु कै गोलबाट पुलिसले अग्रता लिएको थियो । पहिलो हाफमा पुलिसले १–० को अग्रता लिएपनि ७० औं मिनेटमा हीना रानाले पूर्वाञ्चलका लागि गोल गर्दै खेल बराबरीमा ल्याएकी थिईन् ।
उपाधिसँगै पुलिसले २ लाख रुपैयाँ हात पार्यो भने दोस्रो भएको आर्मीले एक लाखमा चित्त बुझायो ।
यस्तै ससस्त्र प्रहरीकी साबित्री भण्डारी उत्कृष्ट फरवार्ड र अनिता बस्नेत उत्कृष्ट मिडफिल्डर, पुलिसकी खेमकुमारी गुरुङ उत्कृष्ट डिफेण्डर र आर्मीकी लीला लाम्घादे उत्कृष्ट गोलकिपर घोषित भए । पुलिसका सन्देश श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए । बिधागत तर्फ सवैले २५ हजार नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा बिभागीय ३ सहित ८ टीम सहभागिता थियो ।
radiokantipurdiary
ताजकिस्तानमा भइरहेको १४ वर्षमुनिको दक्षिण तथा मध्यक्षेत्रीय महिला फुटबलमा नेपालले आज दोस्रो खेलमा बङगलादेशसंग खेल्देछ ।
यी दुई को खेल पौने दुई बजे सुरु हुनेछ । नेपाल यस अघि अण्डर १९ को दक्षिण एशियाली फुटबलको फाइनलमा बंगलादेशसँग १–० ले हारेको हारको बदला लिने मौका आज पाउने छ । दुसाम्बेस्थित एभियटर स्टेडियममा यस अघि हिजो भएको खेलमा भारत सामु लज्जास्पद हार व्यहोरेको थियो ।
एभियटर स्टेडियममा बुधबार भएको खेलमा भारतसँग नेपाल शुन्यका विरुद्ध नौ गोलले पराजित भएको हो । भारत प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । सात देश सहभागी रहेको प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । नेपाल रहेको समूहमा भारतसँगै गत वर्षको विजेता बंगलादेश पनि छ । यस्तै समूह ‘ए’ मा ताजकिस्तान, इरान, कीर्गिस्तान र भूटान छन् ।
लिगकम नकआउटका आधारमा हुने खेलमा प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।
News24Nepal

वैशाख १७, २०७३- नेपालका सनसनी युवा लेग स्पिनर सन्दीप लामिछानेले हङकङमा क्रिकेट खेल्ने भएका छन् । हङकङमा पहिलोपटक आयोजना हुन लागेको हङकङ ब्लिज प्रतियोगितामा १६ वर्षे सन्दीपले खेल्न लागेका हुन् ।
मे २७ देखि २९ सम्म हुने ट्वान्टी–२० संरचनाको हङकङ ब्लिजमा रुड बार आइल्यान्ड वारियर्स, कावलुन क्यान्टोन्स, हुङ होम जेडी जगुवार र गि लान्टाउ ग्लालेक्सी रायडर्सले प्रतिस्पर्धा गर्नेछन् । सन्दीपले विदेशी खेलाडीका रूपमा कावलुनबाट खेल्नेछन् ।
सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) लाई यसबारे जानकारी गराइसकेको र आफू हङकङ गएर खेल्नका लागि उत्सुक रहेको बताए ।
‘यो मेरा लागि धेरै राम्रो अवसर हो, हङकङमा पहिलोपटक यस्तो प्रतियोगिता हुन लागेको रहेछ, त्यसमा खेल्न बोलाएकामा पहिला त मलाई विश्वास नै लागेन,’ गृहनगर चितवनबाट सन्दीपले कान्तिपुरसँग भने, ‘उनीहरूले पारिश्रमिक दिन्छु भनेका छन्, त्यसको विवरण खुलाएका छैनन् ।’
सन्दीपको टिम कावलुनको कप्तानमा ब्रिटिस खेलाडी स्कोट म्याककेच्नी छन् । उनले नै हङकङमा खेल्ने व्यवस्था मिलाएको सन्दीपले बताए ।
विश्व क्रिकेटको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) नोभेम्बरमा नेपाल आएको थियो । म्याककेच्नी एमसीसीका विकेटकिपर थिए । त्यही क्रममा सन्दीपको उनीसँग चिनजान भएको थियो । एमसीसीको नेपाल भ्रमणका क्रममा सन्दीपले ३ खेलमा ७ विकेट लिएका थिए ।
सन्दीपले जनवरी–फेब्रुअरीमा बंगलादेशमा आईसीसी यू–१९ विश्वकपमा १४ विकेट लिएका थिए । यो उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।
उक्त क्रममा उनले आयरल्यान्डसँगको खेलमा ह्याट्रिक गरेका थिए । दुई साताअघि उनले राष्ट्रिय टिमबाट ‘डेब्यु’ गर्दै विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्व कीर्तिपुरमा खेलेका थिए । नामिबियासँग उनले २ खेलमा ३ विकेट लिएका थिए ।
नोभेम्बरमा नेपाल च्याम्पियनसिपको खेल खेल्न हङकङ नै जाँदैछ ।
‘हङकङको क्लब क्रिकेट मेरा लागि ठूलो अनुभव हुनेछ, विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङसँगको खेल अगाडि मलाई त्यहाँको कन्डिसनका बारेमा थाहा हुनेछ,’ सन्दीपले भने, ‘तिनीहरूका ब्याट्सम्यानबारे पनि थाहा पाउनेछु ।’ सन्दीपको अस्ट्रेलियाको बिग बासमा खेल्ने ठूलो लक्ष्य छ, त्यसमा हङकङको अनुभवले केही सहयोग पुग्ने विश्वास उनको छ ।
हङकङ राष्ट्रिय टिमका अस्ट्रेलियाली खेलाडी रायन क्याम्पवेल कावलुनका खेलाडी एवं प्रशिक्षक छन् ।
सन्दीपले कावलुनमा म्याककेच्नी, क्याम्पवेलसहित बाबर हायत, तानभिर अहमद, नजिब अमार र सिमनद्दिप सिंह लगायतका खेलाडीसँग खेल्नेछन् । हङकङ क्रिकेटका प्रमुख कार्यकारी अधिकृत टिम कुटलर पनि कावलुनमा आबद्ध खेलाडी हुन् ।
ekantipur

ताजकिस्तानमा भइरहेको १४ वर्षमुनिको दक्षिण तथा मध्यक्षेत्रीय महिला फुटबलमा नेपालले अहिले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ । मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल र भारत आमने सामने भएका हुन् ।
सात देश सहभागी रहेको प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । नेपाल रहेको समूहमा भारतसँगै गत वर्षको विजेता बंगलादेश पनि छ । यस्तै समूह ‘ए’ मा ताजकिस्तान, इरान, कीर्गिस्तान र भूटान छन् । लिगकम नकआउटका आधारमा हुने खेलमा प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।
नेपाल अघिल्लो संस्करणमा फाइनलमा बंगलादेशसँग १–० ले पराजित भएको थियो । एक महिनाको तयारी गरेर ताजकिस्तान गएको नेपाली टोलीमा पवित्रा राई, पुनम घिमिरे, पूर्णिमा घिसिङ, रजनी थोकर, रज्जु खड्का, रोशनी खत्री, सविना चौधरी, सजनी थोकर, सलोनी रानामगर, सरिता न्यौपाने, सरिशा कार्की, सुमित्रासिंह पाख्रिन, सुनु जिम्बा, उदया थापा र अस्मिता खवार छन् । नेपालले बुधबारको खेलमा भारतलाई हराउन सके समूहको एक खेल बाँकी छँदै सेमिफाइनलमा पुग्ने छ ।
News24Nepal
काठमाण्डु, १५ वैशाख– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाल क्रिकेट काउन्सिल (क्यान)लाई निलम्वनपछि नेपाली क्रिकेटका प्रशंसकहरु निराश छन् ।
क्यानमा गत मंसिरमा अधिवेशन भएको थियो । सो अधिवेशनमा चतुरबहादुर चन्द सर्वसम्मत अध्यक्षमा निर्वाचित भए । अधिवेशन नगराउन राष्ट्रिय खेलकुद परिषद्ले निर्देशन दिएको थियो । तर अन्तिम घडीको निर्देशनलाई वास्ता नगरी अधिवेशन सम्पन्न भयो । नयाँ कार्यसमिति निर्वाचित भयो ।
आफ्नो निर्देशनविपरीत अधिवेशन भएपछि राखेपका सदस्य सचिव केशव विष्ट आगो भए । उनले पुस महिनामा रमेश सिलवाललाई तदर्थ समितिको संयोजक बनाए । त्यो समिति पनि निर्वाचित समितिसँग कुनै सल्लाह बिना नै गठन भएको थियो । चन्द नेतृत्वको समितिलाई काउन्टर दिन र नयाँ अधिवेश गराउन गठन गरिएको तदर्थ समिति नै विवादको केन्द्र बनेर रह्यो । यो कामले क्रिकेट भित्र बलेको आगोमा विष्टले घीउ हालेको स्पष्ट भयो ।
क्रिकेटमा दुई दुई वटा कमिटी भएपछि काम कुन कमिटीले गर्ने ? भन्ने विवाद भयो । आइसिसीले यो विवादका कारण नेपाली क्रिकेटका केही प्रतियोगिता आफैले आयोजना गर्यो । जस्तो कि केही दिनअघि नामिबियाविरुद्धको विश्व लिग च्याम्पियनसिप ।
यो श्रृङखलामा जोडिने पात्रहरुमा चतुरबहादुर चन्द, रमेश सिलवाल, केशव विष्ट प्रमुख छन् । चन्द सर्वसम्मतले अध्यक्ष भएका हुन् । उनी विवादको कारक आफू होइन भन्ने ठान्छन् । रमेश सिलवाल चाहिँ केशव विष्टले चन्दलाई तह लगाउन प्रयोग गरेका बुख्याचा मात्रै हुन् । यसकारण उनी पनि विष्ट भन्दा कम जिम्मेवार हुन् । केशव विष्ट भने समन्वयकारी साझा संस्थाका अगुवा हुन् । तर उनले समन्वय गरेर मिलाएर लैजानु सट्टा पदाधिकारीहरुलाई एक आपसमा भिडाए । त्यो भिडन्तमा आफै सक्रिय सहभागी पनि भए ।
यही भिडन्तको परिणाम हो ‘क्यान निलम्वन’ ।
लंगुरको हातमा अंगुर
राखेपको नेतृत्व केशव विष्टलाई दिएलगत्तै विवाद उत्पन्न भएको थियो । दक्षिण कोरियाको इन्चोनमा भएको एसियन गेममा खेलाडी भगाएको आरोप विष्टलाई थियो । उनी राखेपले नै कारबाही गरेका कसूरदार थिए । विष्टले खेलाडी अमन पोडेलाई कोरियामा लुकाउन भूमिका खेलेको आरोप छ । तर यीनै विष्टलाई तत्कालीन खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले सदस्य सचिवमा नियुक्त गरिदिए । त्यही विवादका कारण पौडेलले मन्त्रीपदबाट हात धुनु पर्यो ।
विवादै विवादका बीच नियुक्त भएका विष्टले केही गतिला काम गरेर आफ्ना पुराना धब्बा मेटाउने अपेक्षा पनि थियो । तर परिणाम निस्कियो अपेक्षाको ठीक विपरीत । विष्टले क्रिकेटलाई तहस नहस त पारे नै, नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय शाख पनि धमिलो बनाए । नेपालमा क्रिकेटका लाखौ प्रशंसकहरुलाई पनि निराश बनाए । अहिले खेल क्षेत्रका जानकारहरुले राखेप विष्टको हातमा जानु लंगुरको हातमा अंगुर सरह भएको टिप्पणी गर्न थालेका छन् ।
(तस्बिरमा केशव विष्ट)
kathmandutoday

ललितपुर, १४ बैशाख, सातदोबाटोमा जारी राष्ट्रिय लिग महिला फुटबलको सुपर लिगमा सशस्त्र प्रहरीले शानदार प्रदर्शन गरेको छ । समूह चरणमा त्रिभुवन आर्मीलाई गोल अन्तरले पछाडि पार्दै समूह विजेताका रुपमा सुपर लिगमा पुगेको सशस्त्रले पूर्वाञ्चलमाथि कीर्तिमान रच्ने क्रममा १५–० को जित हासिल ग¥यो ।
साबित्री भण्डारी एक्लैले आठ गरिन् । यो एकै खेलमा एक खेलाडीले गरेको सर्वाधिक गोल हो । खेलमा सजना रानाले ह्याट्रिक पूरा गरिन् । त्यस्तै लक्ष्मी पौडेलले दुई तथा अनु लामा र अनिता बस्नेतले एक एक गोल गरे ।
aajakokhabar-

काठमाडौँ, एएफसी चौध वर्षमुनि (यु–१४)को छात्रा रिजनल फुटबल च्याम्पियनसिपमा नेपाली टोलीले भोलि चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्दै प्रतियोगिताको उद्घाटन खेल खेल्ने भएको छ ।
ताजकिस्तानको एभिएटर स्टेडियममा हुने उक्त खेलमा नेपालले विजय लक्ष्यका साथ भारतको सामना गर्नेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल भने यही वैशाख १६ गते बुधबार बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
विभिन्न सात राष्ट्रले भाग लिएको उक्त प्रतियोगिताको सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ, जसमा नेपाल समूह ‘बी’मा परेको छ । नेपालको समूहमा भारत र बङ्गलादेश छन् । त्यसैगरी समूह ‘ए’ मा भने आयोजक ताजकिस्तानसहित कीर्गिस्तान, भुटान र इरान छन् ।
नेपाली टोलीमा दिलकुमारी राना, नजना रानामगर, दुर्गा खत्री, मनिसा गिरी, पवित्रा राई, पुनम घिमिरे, पूर्णिमा घिसिङ, रोसनी खत्री, सविना चौधरी, सलोनी रानामगर, सरिता न्यौपाने, श्रीषा कार्की, सुमित्रा सिंह पाख्रिन र उदया थापा छन् । रासस
News24Nepal
काठमाडौँः अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरर्गत हुने नेपाल र नेदरल्याण्डको खेल तालिका सार्वजनिक गरेको छ ।
आईसीसीका अनुसार नेपाल र नेदरल्याण्ड बीच हुने दुई प्रतिस्पर्धा आगामी अगष्ट १३ र १५ अर्थात् साउन २९ र ३१ गते नेदरल्याण्डमा हुनेछ ।
नेपाल क्रिकेट संघलाई निलम्बन गरेको भोलिपल्ट आईसीसीले नेपाल र नेदरल्याण्डको खेल तालिका सार्वजनिक गरेको हो ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड १० अंकसहित शीर्ष स्थानमा छ । नेपाल भने चार अंकसहित पाँचौ स्थानमा रहेको छ ।
नेपालसँग खेल्नु अघि नेदरल्याण्डले जुलाईमा अफगानिस्तानसँग इन्टरकन्टिनेन्ट कप अन्तरगतको चार दिवसीय खेल खेल्ने तालिका समेत आईसिसिले सार्वजनिक गरेको छ ।
annapurnapost

वैशाख १३, २०७३- विवादले दुई समूहमा विभाजित भएको नेपाल क्रिकेट संघ (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी)ले निलम्बन गरेको छ । युएईमा बसेको आईसीसी बोर्ड बैठकले क्यान निलम्बन गर्ने निर्णय गरेको हो ।
ekantipur
ekantipur
सरस्वतीलाई जापानमा प्रशिक्षण मौका
काठमाडौं–राष्ट्रिय भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरीले वैदेशिक प्रशिक्षण र प्रतियोगिता खेल्नका लागि जापान जाने अवसर पाएकी छन्। एपिएफ क्लबबाट घरेलु प्रतियोगिता खेल्ने उनी नेपाली भलिबलकी अग्ली स्पाइकरमा पर्दछिन् । ६ फिट उचाइकी सरस्वती राष्ट्रिय टोलीकी पनि पहिलो रोजाइकी स्पाइकर हुन्।
सरस्वतीले जापानको युनिर्भसिटी अफ टिसुकुबामा प्रशिक्षण गर्ने अवसर पाएकी छन्। एपिएफ भलिबल टोलीका व्यवस्थापक विजय केसीले सरस्वतीले प्रशिक्षणसँगै राम्रोप्रदर्शन देखाए युनिभर्सिटी टोलीबाट प्रतियोगिता खेल्ने अवसर पाउन सक्ने बताएका छन् । टिसुकुबा विश्वविद्यालयले बिहीबार सरस्वतीलाई प्रशिक्षणका लागि छात्रवृत्तिदिने पत्र पठाएको केसीले जानकारी गराए ।
युनिर्भसिटी अफ टिसुकुबा जापान सरकारले स्थापित दोस्रो ठूलो विश्व विद्यालय हो । सरस्वतीले निःशुल्क करिब एक महिना प्रशिक्षण अवसर पाएको टिसुकुबा विश्वविद्यालय जापानको कान्टो रिजनमा पर्दछ । सरस्वतीले साउन ३१ देखि भदौ ३० सम्म प्रशिक्षण गर्नेछिन् । प्रशिक्षणका क्रममा उनले विश्वविद्यालय टोलीबाट खेल्न सक्ने एपिएफले जनाएको छ । उनले भदौ २ देखि जापानमा प्रशिक्षण सुरु गर्नेछिन् । सरस्वतीलाई जापान आतेजाते हवाई टिकटएपिएफ क्लबले उपलब्ध गराउने भएको छ ।
जापानमा प्रशिक्षणका क्रममा अन्य सुविधा विश्वविद्यालयले दिने व्यवस्थापक केसीले बताए । जापानी टोलीबाट खेल्ने सके सरस्वती विदेशी क्लबबाट खेल्ने तेस्रो नेपाली महिला खेलाडी हुन्छिन् । गत वर्ष असोजमा कोपिला उप्रेती र नीमा श्रेष्ठ व्यावसायिक भलिबल खेल्न माल्दिभ्स गएका थिए । उनीहरूले माल्दिभ्सबाट दुई प्रतियोगिता खेलेका थिए । त्यसपछि कात्तिक महिनामा कोपिला माल्दिभ्स लिग भलिबल खेल्ने पुनः माले पुगेकी थिइन् । कोपिला माल्दिभ्स क्लबबाट लिग खेल्न७ सय डलरमा अनुबन्धित भएकी थिइन् ।
व्यवस्थापक केसीले भने, 'हामी खुसी छौं । विश्व जापान भलिबलमा बलियो टोली हो । जापानमा प्रशिक्षण गर्न पाउनु नेपाली खेलाडीका लागि ठूलो अवसर हो । यसले हाम्रो क्लबको स्तर र अन्य नेपाली खेलाडीलाई जापानमा प्रशिक्षण गर्ने ढोका खुल्ने आशा छ ।'
सरस्वतीलाई जापानमा प्रशिक्षण गराउनका लागि राष्ट्रिय भलिबल टोलीका पूर्व खेलाडी जयनारायण चौधरी र नेपाली भलिबल टोलीका पूर्व जापानी प्रशिक्षक यानागिता सुन्जीले सहयोग गरेका हुन् । ६ महिनाअघि सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले सरस्वतीलाई प्रशिक्षणमा पठाउने प्रक्रिया अगाडि बढाएका थिए ।
घरेलु प्रतियोगितामा एकछत्र राज गरिरहेको एपिएफलाई उपाधि दिलाउन मुख्य भूमिका निर्वाह गरिरहेकी सरस्वतीले पश्चिमाञ्चलबाट व्यावसायिक भलिबल करिअरसुरु गरेकी हुन् । पोखरा टोलीमा उत्कृष्ट प्रदर्शन गर्दै एपिएफमा आएकी सरस्वती नेपाली खेलकुदको प्रतिष्ठित अवार्ड पल्सर स्पोर्टस अवार्ड २०७० को लोकप्रिय खेलाडी हुन् ।
यसैगरी दुई वर्षअघि काठमाडौंमा भएको प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबलमा नेपालले श्रीलंकालाई हराउँदै रजत पदक जित्दा सरस्वती नेपाली टोलीकी मुख्य स्पाइकर थिइन् । त्यो प्रतियोगिता उनको राष्ट्रिय टोलीबाट डेब्यु थियो ।
दुई महिनाअघि भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद(साग)मा कांस्य जितेको टोलीमा पनि उनी थिइन् । धनगढीकी सरस्वतीलाई २०७० सालमा नेपाल भलिबल संघले वर्षको उत्कृष्ट खेलाडीमा पुरस्कृत गरेको थियो । त्यसै वर्ष सरस्वतीले सशस्त्र प्रहरीको आइजिपी कप भलिबलमा उत्कृष्ट खेलाडी हुँदै स्कुटर र २०६९ सालमा ढोरपाटन डबल लिग भलिबलमा राइजिङ खेलाडीका रूपमा स्कुटर पुरस्कार पाएकी थिइन् ।
ओपन स्पाइकर सरस्वतीले जापानमा मिहिनेत गरेर नयाँ कुरा सिक्न प्रयास गर्ने बताइन् । उनले नागरिकसँग भनिन्, 'जापानमा खेलाडी र प्रशिक्षण राम्रो हुन्छ । त्यहाँ थुप्रै कुरा सिक्ने अवसर मिल्नेछ । सक्दो मिहिनेत गरेर प्रशिक्षण गर्नेछु ।'
२० वर्षीया सरस्वती २०६५ सालमा सुदूरपश्चिमबाट गणतान्त्रिक भलिबल खेल्न पहिलोपल्ट काठमाडौं आएकी थिइन् । त्यही प्रतियोगितापछि सरस्वतीले पोखरा टोलीबाट खेल्दै व्यावसायिक करिअर थालिन् । पोखराको फिस्टेल एकेडेमी र पश्चिमाञ्चल टोलीमा पाँचवर्ष खेलेपछि सरस्वती तीन वर्षअघि एपिएफसँग आबद्ध भएकी थिइन् ।
nagariknews

काठमाडौंः बलियो प्रतिद्वन्द्वी नेपाल आर्मीविरुद्ध गोल बर्साउँदै मनाङ मस्र्याङ्दी क्लबले पोखरा कपको उपाधि उचालेको छ ।
एकपक्षीय बनेको फाइनल खेलमा आर्मीलाई ५–० को लज्जास्पद हार चखाउँदै उपाधि जित्दै क्रममा मनाङले पहिलो हाफमै चार गोल गर्यो ।
मनाङलाई उपाधि दिलाउने क्रममा अनिल गुरुङले दोस्रो मिनेटमै खाता खोले । त्यसपछि दसौं मिनेटमा उनैले अर्को गोल थप्दै खेललाई २–० मा पुर्याए ।
खेलको २९ औं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै अग्रता ३–० मा पुर्याए । ३५ औं मिनेटमा गोल गर्ने पालो थियो अफ्रिकन खेलाडी ओलावाले अफिजको ।
पहिलो हाफ ४–० मा टुंग्याएको मनाङले दोस्रो हाफमा एक गोल थप्यो । दोस्रो हाफको तेस्रो मिनेटमै फेरि ओलावाले अफिजले नै गोल गरे ।
त्यसपछि दुबै टीमबीच गोल हुन नसकेपछि मनाङले आर्मीमाथि ५–० को फराकिलो जित निकाल्दै उपाधि उचाल्यो ।

पारस खड्का
गत वर्ष नेपाली क्रिकेटले खासै ठूलो सफलता हासिल गर्न सकेन् । ट्वान्टी–२० क्रिकेट विश्वकपका लागि छनोट हुन् सकेन् भने विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत चारै खेल (स्कटल्यान्ड र पपुवा न्युगनी) सँगका खेल गुमायो ।
तर, पनि नेपाली रािष्ट्रय क्रिकेट टिमका कप्तान पारस खड्काको चर्चा कहिल्यै कम भएन । खेल क्षेत्रमा उनी पछिल्लो पुस्ताका रोल मोडल नै हुन् । व्यक्तिगत रुपमा उनको प्रदर्शन पनि अन्य खेलाडीको भन्दा कमजोर हुँदैन् ।
मध्यक्रममा ब्याटिङ गर्ने पारस आवश्यकताअनुसार बलिङ गर्छन् । अहिलेको समयमा उनी चर्चामा छन्, त्यो यसै ह्वातै आएको होइन । उमेर समूह हुँदै राष्ट्रिय टिमको कप्तान सम्हाल्दासम्म उनले क्रिकेट मैदानमा धेरै पसिना बगाइसकेका छन् । प्रदर्शनका कारण होइन, उनी सफल नेतृत्वकर्ता पनि हुन् ।
गत वर्षको निराशजनक प्रदर्शनपछि नयाँ वर्षको सुरुवात गर्दै नेपाली टोलीको लगातार दुई जित र पारसको उच्च प्रदर्शनले क्रिकेट जगतमा पुनः सफलतातर्फ अघि बढ्ने संकेत देखा परेको छ ।
नवयुग श्रेष्ठ
नतिजाका हिसाबले हेर्दा पछिल्लो वर्ष नेपाली फुटबलका लागि महत्वपूर्ण रह्यो । माघमा बंगलादेशमा जारी बगबन्धु गोल्डकप जितेका नेपाली टोलीले अर्को महिना फागुनमा १२ औं दक्षिण एसयिाली खेलकुद सागमा स्वर्ण पदक जितेको थियो । ती दुवै सफलताका मुख्य नायक रहे नवयुग श्रेष्ठ ।
पुरमा भारतमै भएको साफ च्यापियनसिपमा पहिलो चरणबाट आएको नेपालले बगबन्धु गोल्डकपको उपाधी जित्ने आशा कर्मले गरेका थिए । तर, त्यहाँ नवयुगको सनसनीपूर्ण र टोलीको टिम भावनाका कारण नेपाल च्यापियनसपि बन्न सफल भयो ।
विमल घर्तीमगर
युवा फुटबल खेलाडी विमल घर्तीमगर पछिल्लो तीन वर्षदेखि चर्चामा छन् । एएफसी यु–१६ हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा तय गर्ने क्रममा उच्च प्रदर्शनका चर्चा पाएका विमलले केही समय युरोप पुगेर प्रशिक्षण गर्ने मौका पाएका थिए ।
तीन वर्षअघि काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्व बराबरी गोल गरेपछि उनी चर्चाको शिखरमा पुगेका थिए । उनकै नेतृत्वमा नेपालले गत वर्ष पहिलो साफ च्याम्पियनसिप यु–१९ को उपाधि घरेलु मैदानमा जितेको थियो । पछिललो समय उनी नेपाली टोलीका पहिलो रोजाइका स्ट्राइकरका रुपमा स्थापित हुने क्रममा छन् ।
सोमपाल कामी
नेपाली क्रिकेटसँगै उनको नाता धेरै लामो छैन । तर, पनि उनी अहिले स्थापित खेलाडी जत्तिकै चर्चामा छन् । उमेरले मात्र २० पुगेका उनी अहिले राष्ट्रिय टोलीका एक मुख्य खेलाडी बनिसकेका छन् ।
पछिल्लो दुई वर्षमा उनले ट्वान्टी–२० विश्वकफ विश्वकप छनोट, ट्वान्टी–२० अन्तर्राष्ट्रिय, एसिसि प्रिमियर लिग, एसियाली खेलकुद, आइसिसी विश्व लिग डिभिजन–३ र विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलिसकेका छन् ।
अहिले नेपाली टोलीका तीव्र बलिङको नेतृत्व उनैले गरिरहेका छन् । ब्याटिङमा पनि उत्तिकै माहिर छन् । टू ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटरमा १० औं नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक रन जोड्ने विश्व कीर्तिमान पनि उनकै नाममा छ ।
फूपूल्हामु खत्री
भारतमा फागुन पहिलो साता सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा फूपूल्हामु खत्रीले स्वर्ण पदक जितेकी थिइन् । ६३ केजीको तौल समूहको फाइनलमा भारतीय खेलाडी सुनीवाला देवी ओजारीका आधारमा हराउँदै फूपूले पहिलो स्थान हासिल गरेकी थिइन् ।
श्रीलंकाका डिवाइएल वाजेबर्देन, बंगलादेशकी कान्ता र पाकिस्तानी अब्रिन महिहलाई इप्पोनबाट हराएपछि उनी स्वर्णको लागि अन्तिम प्रतिस्पर्धा देवीसँग ४ मिनेटै भिडिन् । आजको नागरिक दैनिकमा खबर छ ।
ratopati

फोटो : पोखरा कप फुटबलको बिहीआार भएको खेलमा बलका लागि भिड्दै धरान फुटबल क्लब र त्रिभुवन आर्मी क्लबका खेलाडी। तस्बिर: अननपूर्ण
पोखरा: नवयुग श्रेष्ठको निर्णायक गोलको मद्दतमा विभागीय टोली त्रिभुवन आर्मी क्लब पाचौं मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा धरान फुटबल क्लबलाई १-० गोलले पराजित गर्दै आर्मी उपाधिनजिक पुगेको हो।
सन्तोष तामाङले मैदानको मध्य भागबाट दिएको बललाई नियन्त्रणमा लिँदै नवयुगले धरानका गोलरक्षकसँगको वान भर्सेस वानको अवस्थामा टोलीका लागि गोल गरेका थिए । त्यसपछिको समयमा दुवै टोलीबाट थप गोल नभएपछि आर्मीलाई फाइनल पुग्न नवयुगको गोल नै निर्णायक बन्यो।
खेलमा दुवै टोलीले केही राम्रा गोल अवसर खेर फालेका थिए। धरानले खेलको दोस्रो मिनेटमै राम्रो गोल अवसर गुमाएको थियो। धरानका लक्ष्मण रुचाल आर्मीका गोलरक्षकस“गको वान भर्सेस वानको अवस्थामा पनि गोल गर्न चुकेका थिए।
खेलको नवौं मिनेटमा आर्मीका भरत खवास पनि त्यस्तै अवस्थामा टोलीका लागि गोल गर्न चुकेका थिए। खेलको १३औं मिनेटमा धरानका मिलन राईको उत्कृष्ट प्रहार पनि गोलमा परिणत हुन सकेन। हेमन्त राईले दिएको बललाई मिलनले ३० यार्ड दूरीबाट गरेको उत्कृष्ट प्रहारलाई सेनाका गोलरक्षकले नियन्त्रणमा लिएका थिए।
टोलीका लागि निर्णायक गोल गरेका नवयुगले खेलमा दुईभन्दा बढी राम्रा अवसर चुकाएका थिए। खेलको ३८औं मिनेटमा उनले उत्कृष्ट अवसर खेर फाले। भरतले डी बक्स नजिक मिलाइदिएको पासमा उनको प्रहार फितलो बनेको थियो। उनले खेलको ७६औं मिनेटमा विपक्षी गोलरक्षकस“गको वान भर्सेस वानको अवसर गुमाएका थिए।
खेलपछि धरानका प्रशिक्षक सुवास केसीले अवसर सदुपयोग गर्न नसक्दा पराजय बेहोर्नु परेको प्रतिक्रिया दिए। 'हामीले पहिलो हाफमा धेरै अवसर पाएका थियौं', उनले भने, 'ती अवसर सदुपयोग गर्न नसक्दा हामी जितबाट वञ्चित भयौं।' उनले उपाधि जित्ने राम्रो अवसर खेर गएको बताए।
आर्मीका प्रशिक्षक मेघराज केसीले खेलाडीले योजनाअनुसारको प्रदर्शन गरेको बताए। 'हामीले चोटबाट बच्नका लागि सुरक्षित भएर खेल्ने रणनीति अपनाएका थियौं', उनले भने, 'त्यसैले पहिलो हाफमा गोल हुन सकेन। योजनाअनुसार दोस्रो हाफमा गोल गर्न सफल भयौं।' उनले धरानका खेलाडीले राम्रो प्रदर्शन गरेको पनि बताए।
annapurnapost
मातृ शिशु मृत्युदर कम गर्न सुनौला हजार दिन अभियान बिहीबार देखि सुरु भएको छ । यसअघि सुनौला हजार दिन कार्यक्रम सञ्चालन गरेको सरकारले पहिलो पटक अभियान चलाएको हो । यस अभियानकोलागि युनिसेफले राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई सद्भावना दूत नियुक्त गरिएको छ ।
युनिसेफका अनुसार यी ६ जिल्लाका ९० गाविसमा अभियान चल्नेछ । यसपछि अरु जिल्लामा पनि अभियान सुरु हुने छ । गर्भवती भएको दिनदेखि बच्चा दुईवर्ष पूरा नहुन्जेलसम्म विशेष पालन पोषणका लागि सुनौला हजार दिन अभियान सञ्चालन गर्न लागिएको हो । यो अभियानलाई प्रभावकारीरुपमा सफल बनाउन सवै उपायहरुको अवलम्वन गरिने स्वास्थ्य मन्त्री रामजनम चौधरीले जानकारी दिनुभयो ।
सन्तुलित खानेकुरा, सरसफाइ, सुरक्षित सुत्केरी र बालबालिकाको पोषणमा जोड दिएकाले अभियानमार्फत मातृ शिशु मृत्युदर कम गर्न र बालबालिकालाई कुपोषण हुन नदिन टेवा पुग्ने अपेक्षा छ । दुई वर्षभन्दा कम उमेरका बालबालिकामा न्यून पोषणले बच्चाको रोग प्रतिरोधात्मक प्रणालीलाई कमजोर बनाउँछ, जसले गर्दा निमोनिया, झाडापखाला तथा औंलोजस्ता रोग लाग्ने जोखिम धेरै हुन्छ ।
हजार दिनको अवधिमा आमा र बच्चाले सही किसिमको पोषण पाए क्षयरोग, औलो तथा एचआईभी÷एड्स जस्ता रोगको जोखिम कम हुने अनुसन्धानकर्ताले बताएका छन् । बालबालिकाको ८० प्रतिशत दिमागको विकास यसै अवधिमा हुने भएकाले हजार दिनलाई निकै महत्वका साथ लिइन्छ ।
यस बृहत अभियानलाई थप प्रभावकारी एवं उपलव्धिमुलुक बनाउन र प्रचारप्रसारमा टेवा पुगोस भनेर नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई सद्भावनादूत नियुक्त गरिएको छ ।
News24Nepal
काठमाडौं । नेपालले तीन वर्षपछि घरेलु मैदानमा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको सफल आयोजना मात्रै गरेन, विश्व क्रिकेटको ध्यान आफूतिर आकर्षित गर्न सक्यो । लिगका यस अघिका खेलमा पपुवा न्युगिनी र स्कटल्याण्डसँग ४ खेलमा पराजित भएपछि नेपाल दबाब थियो । तर, गृह मैदान नेपाललाई फाप्न पुग्यो ।
पहिलो खेलमा गत शनिबार नामिबियालाई ५ विकेटले जित्यो भने सोमबार रोमाञ्चमक खेलमा उच्च रन चेज गर्दै तीन विकेटले पाखा लगाएपछि नेपालको चर्चा चुलिएको छ । नेपालको जितलाई विश्व क्रिकेटको सर्वोच्च संस्था आइसिसीले सिरिज जितेपछि नेपालले च्याम्पियनसिपमा ५ स्थानमा फड्को मारेको विषयमा समाचार लेखेको थियो ।
भूकम्पले जर्जर भएको नेपालमा आइसिसीका सहयोगमा भएको खेलमा नेपालले उच्च प्रदर्शन गरेको जनाएको छ । आन्तरिक क्रिकेटको संस्थामा तीव्र विवादकाबीच नेपालले खेल जित्नुलाई महत्का साथ हेरिएको छ ।
आइसिसीको नेपाली क्रिकेट कल्चरको विषयमा निक्कै तारिफ गरेको छ । १० हजारले टिकट काटेर र त्यति नै संख्या स्टेडियमबाहिरबाट पनि समर्थकले क्रिकेट हेरेको लेखेको छ । नेपाल उपराष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले नेपालले प्रभावशाली खेल खेल्दै जितेको खेलको साक्षी बनेको उल्लेख गरेको छ ।
नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण र इन्टरनेटबाट विश्वभर खेल हेर्न पाएको पनि उल्लेख गरेको छ । नेपालको जितमा घरेलु मैदानमा दर्शकबीच खेल्न पाउनु र जित्नु महत्वपूर्ण पक्ष भएको बताएका छन् । नेपालले सफल आयोजना गर्न सक्छ भन्ने सन्देश दिएको पनि पारसले बताएका छन् । नेपालले पहिलो खेल जित्नुलाई महत्वपूर्ण रहेको भन्दै पारसले टिमले अझै आगामी अगस्टमा नेदरल्याण्डविरुद्ध हुने खेलमा कडा मेहनत गर्नुपर्ने बताएका छन् । दोस्रो खेल जिताउन पारसले शतकीय १०३ रन र शरद भेषवाकरले ७४ रनको महत्वपूर्ण पारी खेलेका थिए ।
नेपालसँग दुवै खेल हारेपछि नामिबियाका कप्तान स्टेफन बार्डले आफूहरु स्तब्ध भएको बताए । तर, बार्डले नेपालमा आएर हजारौ दर्शक अगाडि खेल्न पाउँदा भने खुशी व्यक्त गरेका छन् । नेपाली समर्थक साह्रै नै भद्र रहेका र नेपाली आतिथ्यताप्रति आनन्दित भएको पनि बताएका छन् ।
khabardabali

काठमाडौं: नेपाल र नामिबियाबीचको क्रिकेट हेर्न प्रधानमन्त्री केपी शर्मा ओली सोमबार कीर्तिपुरस्थित क्रिकेट मैदान जाने भएका छन् ।
प्रधानमन्त्री ओली बिहान सवा नौ बजे कीर्तिपुर क्रिकेट मैदान जाने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा नेपालले नामिबियासँग खेल्दैछ ।
यसअघि शनिबार भएको खेलमा नेपालले नामिबियालाई पाँच विकेटले पराजित गरेको थियो ।
खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।

पहिलो जितबाट फुर्किएको छैनौ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नामिबियामाथि पहिलो जित दर्ता गरेपछि व्यक्त गरेको अभिव्यक्ति हो यो ।
हुन पनि हो नै , धेरै पछि जितको स्वाद चाख्दै गर्दा नेपाली क्रिकेट टोली अहिले नै मख्ख र दंग पर्ने अवस्था छैन , उस्को पहिलो जितको असली परीक्षा अझै हुन बाँकी छ उनै नामिबियासंग ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले नामिबियासँग आफ्नै घरेलु मैदानमा एउटा खेलमा जित निकाल्दा अव एउटा खेलमा मात्र जितको प्रतीक्षामा रहेको छ । नेपालले आफनो पहिलो खेलमा शनिबार नामिवियालाई पाँच विकेटले हराउदा कीर्तिपुर स्थित टियु मैदानमा जुन माहोल र मानिसमा उत्साह छाएको थियो ।
त्यही उत्साह र उमङ सोमबार पनि दोहो¥याउन चाहन्छ । हुनत नेपालले अव सोमबारको खेलमा शनिबार भएको कमजोरीलाई सच्याउने र नया रणनीति अपनाउने निश्चित छ । जसले गर्दा सोमबारको खेलमा नेपालको जित सहज हुने राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य पृथु बास्कोटा विश्वास छ ।
शनिबारको लय गुमाइसकेको खेललाई विनोद भण्डारी र सरद भेष्वाकरले लयमा ल्याएर जित सम्भव बनाएका थिए । सोमबार खेलमा दर्शकको अपेक्षा अझ बढी हुने नै छ र उनीहरुको उपस्थिति झनै बाक्लिने निश्चित छ ।
आजहुने खेलमा नामिबियालाई पुन पराजित गर्न सके नेपालको शीर्ष चारभित्र पर्ने सम्भावना बलियो बन्नेछ । च्याम्पिपयनसिपमा सहभागी आठ राष्ट्र टोलीमध्ये शीर्ष चारभित्र पर्ने टोलीले सन् २०१८ मा बङ्गलादेशमा हुने विश्वकप छनोटमा खेल्न पाउने छ ।

काठमाडौं: आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले सोमबार नामिबियासँग दोस्रो खेल खेल्दैछ । शनिबार सम्पन्न पहिलो खेलमा पाँच विकेटको जित हात पार्दै अंकको खाता खोलेको नेपाल लगातार दोस्रो जित हात पार्दै तालिकामा एक स्थान माथि उक्लने योजनामा छ । नेपाल यसअघि स्कटल्यान्ड र पपुआ न्युगिनीसँग पराजित भएको थियो । तर, करिब तीन वर्षपछि घरेलु मैदानमा उत्रिएको नेपाली सिनियर टोलीले शनिबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १५ हजारभन्दा बढी दर्शकसामु राम्रो प्रदर्शन गरेको थियो ।
डिभिजन च्याम्पियनसिपमा आठ टोली छन् भने हरेकले हरेकसँग दुईदुई खेल खेल्नेछन् । प्रतियोगिताको शीर्ष चार टोलीले सन् २०१८ मा हुने विश्वकप छनोटमा सहभागी हुने अवसर पाउनेछन् भने अन्तिमका चार टोली डिभिजन दुईमा झर्नेछन् । नेपालले आगामी दुई खेलमा नेदरल्यान्ड्स र केन्याजस्ता दुई बलिया टोलीसँग खेल्नुपर्ने भएकाले नेपाललाई सोमबार जित अनिवार्य छ । ‘हामीलाई अगाडिको यात्रा तय गर्न अब हरेक खेलमा जित चाहिन्छ । एउटा खेल जितेरमात्र पुग्दैन', नेपाली टोलीका कप्तान पारस खड्का भन्छन् ।
नेपालले चौथो चरणमा नेदरल्यान्ड्स, पाँचौं चरणमा केन्या, छैटौं चरणमा हङकङ र सातौं चरणमा यूएईको सामना गर्नेछ । नेदरल्यान्ड्ससँग नेपालले उसैको मैदानमा खेल्नेछ । नामिबियालाई हराएलगत्तै नेपाल अंकतालिकामा दुई स्थान माथि उक्लिएर छैटौं स्थानमा पुगेको थियो । पाँचौं स्थानमा रहेको पपुआ न्युगिनीको चार खेलबाट चार अंक भए पनि नेट रनरेटमा नेपालभन्दा पछाडि छ । सातौं स्थानमा रहेको नामिबियाको पाँच खेलबाट दुई अंक र आठौं स्थानमा रहेको यूएईको ६ खेलबाट दुई अंक भए पनि दुवै टोली नेट रनरेटमा नेपालभन्दा तल छन् ।
शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सले ६ खेलबाट १० अंक, दोस्रो स्थानमा रहेको हङकङले ६ खेलबाट नौ अंक, तेस्रो स्थानमा रहेको स्कटल्यान्डले ६ खेलबाट सात अंक र चौथो स्थानमा रहेको केन्याले चार खेलबाट ६ अंक जोडेको छ । शनिबार भएको खेलमा नेपाली स्पिनरले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उदीयमान सन्दीप लामिछानेदेखि अनुभवी वसन्त रेग्मी र शक्ति गौचन तीनैजना स्पिनरको प्रदर्शन प्रशंसायोग्य थियो ।
यसैगरी ब्याटिङमा पनि नेपालले राम्रो सुरुआत गरेको थियो । खेलको परिस्थितिअनुसार मध्यक्रमका विनोद भण्डारी र अनुभवी शरद भेषावकरले आवश्यक पालि खेलेका थिए । ‘यो विकेटमा नामिबियालाई हामीले एक सय ५० रनभित्र समेट्न सक्नुपर्छ', कीर्तिपुर मैदानको विकेटबारे प्रशिक्षक टमटाले भने । नेपालले सन् २०१५ को जनवरीपछि पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा जित हात पारेको हो ।

काठमाडौं:वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले पहिलो जित हात पारेको छ । नामिबियाविरुद्ध भएको पहिलो खेलमा शनिबार घरेलु मैदानमा उत्रिएको नेपाल पाँच विकेटले विजयी भयो । नेपालले यसअघि स्कटल्यान्ड र पपुआ न्युगिनीसँग खेले पनि दुवैसँग हार बेहोरेको थियो ।
नेपालले सन् २०१५ को जनवरीपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो जित हात पारेको हो । डिभिजन च्याम्पियनसिपमा आठ टोली छन् भने हरेकले हरेकसँग दुईदुई खेल खेल्नेछन् । नेपालले दुई प्रतियोगिताको शीर्ष चार टोलीले सन् २०१८ मा हुने विश्वकप छनोटमा सहभागी हुने अवसर पाउनेछन् भने अन्तिमका चार टोली डिभिजन दुईमा झर्नेछन् ।
नेपालले अन्तिमपटक पनि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नामिबियालाई नै हराएको थियो, उसैको मैदानमा । यसपटक करिब तीन वर्षपछि घरेलु मैदानमा उत्रिएको सिनियर नेपाली क्रिकेट टोली १५ हजारभन्दा बढी दर्शकसामु उच्च मनोबलसहित उत्रिएको थियो । टस जितेको नामिबियाले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
नामिबियाले निर्धारित ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा एक सय ९५ रन जोडेको थियो । नामिबियाका लागि मध्यक्रमका सारेल बर्जरले ३८ र जेजे स्मितले २६ रन बनाए । यसैगरी अघिल्लो क्रमका पिक्की या फ्रान्सले २६, जेरार्ड एरामसले २५, जेरी स्निम्यानले २३, कप्तान स्टेफान बार्डले १८, निकोलास स्कोल्ट्जले १८ र विकेटकिपर जेन ग्रिनले १४ रन बनाए ।
नेपालका बलर वसन्त रेग्मीले तीन, सोमपाल कामीले दुई तथा पारस खड्का र सन्दीप लामिछानेले एकएक विकेट लिए । नेपालले ४७.१ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य भेट्टायो ।
घरेलु टोलीका लागि प्रारम्भिक ब्याट्सम्यान शरद भेषावकरले अविजित ५० र मध्यक्रमका विनोद भण्डारीले अविजित ४० रन बनाए । कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले २१-२१ रन जोडे । नरेश बुढाएरले १६, राजेश पुलामीले नौ र विकेटकिपर राजु रिजालले ६ रन बनाए । ३२.४ ओभरमा एक सय १३ रन जोड्दा पाँच विकेट गुमाएर दबाबमा देखिएको नेपाललाई विनोद र शरदले अन्तिम समयसम्म सम्हालेका हुन् । यी दुईबीच छैटौं विकेटका लागि अविजित ८४ रनको साझेदारी भएको थियो ।
छैटौं ब्याट्सम्यानका रूपमा क्रिजमा आएका विनोदले ३ औं ओभरमा दुई छक्का प्रहार गर्दै दबाब केही कम गरेका थिए । नेपाली ब्याट्सम्यानले ठूला प्रहार गर्न नसकिरहेको अवस्थामा विनोदको यो 'स्ट्रोक' महत्वपूर्ण बन्यो । त्यति बेला शरद ६४ बलमा २२ रन बनाएर खेल्दै थिए ।
शरदले आफ्नो पालिमा ९९ बलमा तीन चौका प्रहार गरे । उनले विजयी रनका रूपमा चौका प्रहार गरी आफ्नो अर्धशतकसमेत पूरा गरेका थिए । विनोदले ४९ बलमा तीन छक्का र एक चौका हिर्काए । नेपालले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेको थियो । बलिङतर्फ नामिबियाका बर्जर र स्निम्यानले दुईदुई विकेट लिए । जिभागो ग्रोइनेवाल्डले पनि एक विकेट हात पारे । नेपालले १२ बाई, ६ लेग बाई र १६ वाइडसहित ३४ अतिरिक्त रन पाएको थियो ।
'लामो समयपछि जितेकोमा निकै खुसी छौं तर अब यसलाई हरेक खेलमा निरन्तरता दिनुपर्छ किनभने यो प्रतियोगितामा हामीले खेल्न बाँकी हरेक खेलमा जित चाहिन्छ', जितपछि नेपालका कप्तान पारसले भने । उनले टोलीको योजनाभन्दा २०-३० रन बढी नामिबियाले जोडेको बताए । 'खेल केही गाह्रो भयो तर जित महत्वपूर्ण हो ।
हामीले ब्याटिङमा राम्रो सुरुआत ग¥यौं । शरद र विनोदले आवश्यक पालि खेले', उनले भने । नेपालले प्रतियोगिताअन्तर्गत स्कटल्यान्ड र पपुआ न्युगिनीसँग खेलेका चारवटै खेल देशबाहिर खेलेको थियो । नामिबियाका कप्तान बार्डले मध्यक्रमका ब्याट्सम्यानले आवश्यक पालि खेल्न नसक्दा टोलीलाई २०-३० रन कम भएको प्रतिक्रिया दिए । उनले नेपाली ब्याट्सम्यानको खुलेर प्रशंसा गरे ।
यसअघि सुरुको दुई ओभरमा विकेट नलिई २५ रन दिएको नेपाल तेस्रो ओभरको पहिलो बलमा सोमपालमार्फत कप्तान बार्डलाई आउट गर्दै नियन्त्रणमा देखिएको थियो । आठौं ओभरमा स्पिनरका रूपमा नेपालले शक्ति गौचनलाई बलिङमा ल्याएको थियो । एक सय नौ रन जोड्दा ६ विकेट गुमाएको नामिबियालाई पछिल्ला क्रमका ब्याट्सम्यानले सम्हालेका थिए ।
स्पिनरहरू शक्ति गौचनले १० ओभरमा तीन मेडन राखेर ३४ रन, वसन्त रेग्मीले १० ओभरमा एक मेडन राखेर ४० रन, युवा स्पिनर सन्दीप लामिछानेले १० ओभरमा दुई मेडन राखेर ३७ रन खर्चिएका थिए । सुरुका तीन ओभर मिडियम फास्ट बलिङ गरेका पारसले त्यसपछि स्पिन बलिङ गर्दै १० ओभरमा तीन मेडन राखेर ३४ रन मात्र खर्चिए ।
नामिबियालाई हराएलगत्तै नेपाल अंक तालिकामा दुई स्थान माथि उक्लिएर छैटौं स्थानमा पुगेको छ । सोमबार हुने दोस्रो खेलमा पनि विजयी भए नेपाल पाँचौं स्थानमा पुग्नेछ । पाँचौं स्थानमा रहेको पपुआ न्युगिनीको चार खेलबाट चार अंक भए पनि नेटरनरेटमा नेपालभन्दा पछाडि छ ।
सातौं स्थानमा रहेको नामिबियाको पाँच खेलबाट दुई अंक र आठौं स्थानमा रहेको यूएईको ६ खेलबाट दुई अंक भए पनि दुवै टोली नेटरनरेटमा नेपालभन्दा तल छन् । शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सले ६ खेलबाट १० अंक, दोस्रो स्थानमा रहेको हङकङले ६ खेलबाट नौ अंक, तेस्रो स्थानमा रहेको स्कटल्यान्डले ६ खेलबाट सात अंक र चौथो स्थानमा रहेको केन्याले चार खेलबाट ६ अंक जोडेको छ ।
annapurnapost
नेपालका सन्दीप लामिछाने र राजु रिजालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । गत यू–१९ विश्वकपमा स्पिनर सन्दीप र विकेटकिपर ब्याट्सम्यान राजुले उत्कृष्ट प्रदर्शन गरेका थिए । सो प्रतियोगितामा ह्याट्रिक विकेट लिएका सन्दीप महान् स्पिनर सेन वार्नसँग तुलना गरिएका थिए । उनले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा पनि सानदार डेब्यु गरेका छन् ।
११औं ओभरमा बलिङमा ल्याइएका सन्दीपले खतरनाक देखिएका या फ्रान्सको विकेट लिए भने पारस खड्काको बलमा एक उत्कृष्ट क्याच पनि लिएका थिए । लगातारको उत्कृष्ट प्रदर्शनपछि उनलाई पूरा १० ओभर बलिङ गर्न दिइएको थियो । 'उसले सोचेभन्दा निकै राम्रो प्रदर्शन गर्यो' , नेपाली टोलीका प्रशिक्षक टमटाले भने । यू–१९ राष्ट्रिय टोलीका कप्तानसमेत रहेका राजु विकेटकिपिङमा राम्रो देखिए पनि ब्याटिङमा भने जम्न सकेनन् ।
सिनियर राष्ट्रिय टोलीलाई सम्हालेको पहिलो खेलमै नेपाली टोलीका प्रशिक्षक जगत टमटाले सफलता हात पारेका छन् । विदेशी प्रशिक्षक नभएको समयमा टोलीको प्रशिक्षण गर्ने जिम्मेवारी टमटाले पाएका थिए । उमेरस्तरको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई लगातार सफलता दिलाइरहेका टमटा केही महिनाअघि पुबुदु दासानायकेले राजीनामा दिएर फर्किएपछि नेपालको प्रमुख प्रशिक्षकको हकदार देखिएका थिए ।
'मेरा लागि एउटा ठूलो च्यालेन्ज थियो जसलाई मैले अन्य कोचिङ स्टाफ, खेलाडीको सहयोगमा पार गरेको छु', टमटाले भने । सन् २०११ मा आयरल्यान्डमा भएको यू–१९ विश्वकप छनोटमा टमटाले पहिलोपटक नेपाली पुरुष टोली सम्हाल्ने अवसर पाएका थिए । भर्खरै सम्पन्न यू–१९ विश्वकपमा पनि टमटा नै प्रशिक्षक थिए । दासानायके प्रमुख प्रशिक्षक भएका बेला उनी सहायक थिए । रोय लुक डायस र दासानायके नेपाली पुरुष क्रिकेटमा लामो समय प्रशिक्षक रहेकाले पुरुष टोली सम्हाल्न घरेलु प्रशिक्षकले कमै अवसर पाएका छन् ।
‘विश्वकपमा जस्तै दर्शक’
नेपाल र नामिबियाबीच शनिबार कीर्तिपुर मैदानमा भएको खेल हेर्न १५ हजारभन्दा बढी दर्शक उपस्थित थिए । खेलका लागि १० हजार दर्शकले टिकट नै काटेका थिए भने पर्खालबाहिरबाट, घरको छतबाट खेल हेर्नेको संख्या पनि हजारौं थियो । खेल सुरु भएको केही घन्टासम्म पनि कीर्तिपुर सडकमा दर्शक खचाखच थिए । 'एसोसिएट क्रिकेटको खेलमा यसअघि यति धेरै दर्शक कहिल्यै देखेको थिइनँ । यहाँ त विश्वकपमा झैं दर्शक थिए । म छक्क परेको छु', नामिबियाका कप्तान बार्डले भने । नामिबियाका प्रशिक्षक डी ठाकुरले हजारौं दर्शकको उपस्थितिले आफ्नो टोलीलाई पनि रमाइलो लागेको बताए ।

काठमाडौं, ४ बैशाख, नेपाल रिङ्ग रेस्लिङ्ग संघको आयोजना काठमाडौंको दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा नेपालका नुवाकोटे टाइगरको टिमले बेल्ट जितेको छ । नुवाकोटे टाइगर र जापानका काराइकाजे रहेको टिमले पुरुष ट्याग टिमको फाइनल इभेन्टमा न्यूजिल्यान्डका राल्डेन र अमेरिकाका बुफाजस्ता शक्तिशाली रेस्लरलाई आकर्षण रुपमा पराजित गर्दै रिङ्ग रेस्लिङ्ग संघले आयोजना गरेको पहिलो प्रतियोगिताको बेल्ट आफ्नो नाममा बनाएका हुन् ।
बेल्ट जितेपछि नुवाकोटे टाइगरले नेपालमा पनि शक्तिशाली मान्छे रहेको र रेस्लिङको सम्भावना प्रचुर रहेको बताए । टाइगरेको टिमले अघिल्लो चरणको खेलमा ताइवानका डो नी र जापानको येजिलेको जोडीलाई पराजित गरेको थियो भने बुफाको जोडीले नेपालका कोजु र चीनका चेन दोङ्गको जोडीलाई हराएको थियो ।
त्यसैगरी थ्री वे ट्याग टिम म्याचमा सिंगापुरका युरासियन ड्रागन, नेपालका सिक्स वान नाइन र बाबा युउको जोडीले मलेसियाका गुयान, किंग कोब्रा र युभको जोडीलाई हरायो ।
त्यसैगरी थ्री वे कर्नर महिला टिमको म्याचमा मंगोलियाकी योसिकाले जापानकी नानाइता काहासी र म्याक्सिकोकी ताइयोलाई आकर्षक रुपमा लक प्रहार गरेर हराइन् । प्रतियोगितामा जापानका रेफ्री नाकामुरा, नेपालकी रेफ्री तथा रिङ्ग रेस्लिङ्ग संघकी अध्यक्ष सुनिता थापा र कुवेर केसीले रेफ्रीको भुमिका निर्वाह गरेकाथिए ।
यसअघि शनिबार भएको प्रतियोगिताको प्रधानमन्त्री केपी ओलीले एक भव्य समारोहबीच रेस्लिङ्गको उद्घाटन गरेकाथिए । उनले उद्घाटन समारोहमा प्रतियोगिता शुरु भएको घोषणा गर्दै भने, ‘अन्तर्राष्ट्रिय स्तरमा हुने खेल नेपालमा हुनु सुखद भएको बताए । उनले नेपालका खेलकुदको विकास र विस्तारका लागि सरकार संवेदनशील रहेको बताए । ‘देशको समृद्धिको मापना खेलकुदले गर्ने गर्दछ । खेल क्षेत्रलाई अगाडीबढाउनप्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने छ ।’ उनले भने । ओलीले एक म्याच रमाइलोपुर्वक अवलोकन गरेका थिए । उनले पहिलो राउन्डको खेलका विजेता अमेरिकाका बुफा र न्युजिल्यान्डलाई राल्डेनलाई मेडलसमेत प्रदान गरे ।
aajakokhabar