जनजाति नेताबीच लफडा
२० जेठ, काठमाण्डौं । चार दलबीच थ्रेसहोल्ड, संविधानसभा सदस्य संख्या घटाउने विषयमा विवाद रहिरहँदा जातीय पहिचान र समानुपातिक मुद्धा उठाएको आदिवासी जनजाति अगुवाबीच मतभेद देखिएको छ । नवनिर्वाचित नेपाल आदिवासी जनजाति महासंघको नेतृत्व र जातीय पहिचानवाल दलका आदिवासी जनजाति नेताहरुबीच मतभेद देखिउको छ ।
आदिवासी-जनजाति महासंघको नेतृत्वप्रति असन्तुस्ट रहेका नेताहरु आदिवासी तथा जनजाति पूर्व सभासद ककस पुनः सक्रिय पार्ने उद्देश्य सहित भित्री छलफलमा जुटेको स्रोतले बतायो । महासंघले नयाँ नेतृत्वले थ्रेसहोल्ड र असन्तुष्ट पक्षले पहिचानको मुद्दा अघि बढाउन नसक्ने भन्दै ककसलाई सक्रिय बनाउन लागिएको हो । जनजाति महासंघको चितवनमा सम्पन्न अभिवेशनको परिणामपछि एउटा समूह नेतृत्वपछि असन्तुष्ट रहँदै आएको छ ।
‘चितवनबाट निर्वाचित नेतृत्वमा रहेका व्यक्तिहरुको संलग्नताले एकल पहिचानको मुद्दा अघि बढाउन नसक्ने हो कि भनेर आदिवासी र जनजाति पूर्व सभासदको ककस सक्रिउ बनाउन खोजिएको हो,’ एक पूर्व जनजाति सभासदले भने, ‘यस विष्यामा छलफलसमेत प्रारम्भ भएको छ ।’ नागरिक दैनिकमा खबर छ ।
महासंघका पूर्व अध्यक्ष तथा पूर्व सभासद ककसका पासाङ शेर्पाले महासंघको नेतृत्व चयनसँग पूर्वसभासदको ककस गतिविधि जोड्न नहुने बताए ।