सुकीको राष्ट्रपति बन्ने चाहना

याङ्गुन (एएफपी), जेष्ठ २४ - म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीले राष्ट्रपति पदमा उठ्ने इच्छा प्रकट गरेकी छन् । त्यहाँ सन् २०१५ मा राष्ट्रपदीय निर्वाचन हुन गइरहेको छ । उनी     हाल संसद्मा विपक्षी दलकी नेता हुन् ।
म्यान्मारको राजधानी नाइपिदवामा जारी वल्र्ड इकोनोमिक फोरमका प्रतिनिधिहरूसँग उनले आफ्नो चाहना सार्वजनिक गरेकी हुन् । सुकीले प्रजातन्त्रका लागि कम्तीमा पनि दुई दशक जेलभित्रै बिताएकी छन् । त्यहाँको संविधानले विदेशीसँग विवाह गरेको वा उसका बालबालिका पनि विदेशी नागरिकबाट जन्मिएका छन् भने त्यस्तोलाई म्यान्मारको राष्ट्रपतीय उम्मेदवार हुन दिएको छैन ।
सुकीका पति बेलायती थिए । सुकीका दुई छोरा पनि उनीबाट जन्मिएका हुन् । सुकीले आफू राष्ट्रपति हुने समाचार सार्वजनिक गरे लगत्तै यो कानुनी प्रावधान पनि बाहिर आएको छ ।
सैनिक सहयोगको सरकारले हालैका दुई वर्षयतादेखि राजनीतिक सुधारका काम अघि सारेको छ । यसअनुरूप त्यहाँ गत वर्ष उपनिर्वाचन भएको हो । निर्वाचनमा सुकीको दलले दुई तिहाइभन्दा पनि बढी मत प्राप्त गरेको थियो ।

news and entertainment