भैरहवामा दिन दहाडै गोलि चल्यो..........


भैरहवा, जेष्ठ १९ - मोटरसाईकलमा आएको अज्ञात समूहले आज विहान भैरहवाको पिपरैयामा एक स्थानीयवासीलाई गोली हानेर फरार भएको छ ।
प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका ११ निवासी जमसेर पठान नामका स्थानीयलाई चिया पसलमा बसिरहेको अवस्थामा गोली प्रहार गरिएको हो । बाँया कुममा गोली लागेर घाईते भएका पठानको हाल भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचार जारी छ ।
रुपन्देहीका डीएसपी पोषराज पोखरेलले दुईवटा मोटरसाईकलमा आएका तीनजनाको समूहले पठानमाथि गोली प्रहार गरी फरार भएको जानकारी दिादै घटनाको अनुसन्धान र खोजी कार्य जारी रहेको बताए ।
घटनास्थल पठानको घरदेखि करिव १ किमी पूर्व र नेपाल-भारत सिमानादेखि करिव दुई सय मिटरको दुरीमा छ ।

news and entertainment