नेपालको सुरक्षा निकाय ध्वस्त:देव गुरुङ
पोखरा, जेष्ठ २० - नेकपा-माओवादीका सचिव देव गुरुङले अब सुरक्षा निकाय मात्र ध्वस्त हुन बाँकी रहेको बताए । सयुक्त जनआन्दोलन परिचालन समिति कास्किले पोखरामा सोमबार आयोजना गरेको प्रतिगमन र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गुरुङले यस्तो बताएका हुन् ।
उनले भने, 'कार्यपालिका सकियो, न्यायपालिकालाई अपाङ्ग बनाईयो अब सुरक्षा निकाय ध्वस्त हुन बाँकी छ ।' यो सरकारले काम गर्न नसकेकोले सुरक्षा निकायले शासन सञ्चालन गर्ने भनेर घोषणा गरे पनि अचम्म पर्नुपर्ने अवस्था नरहेको गुरुङले बताए ।
प्रतिगमन र निर्वाचन विषयक कार्यपत्र समेत प्रस्तुत गरेका गुरुङले यो सवै बाह्य शक्तिको डिजाइनमा चलेको बताए । उनले भने, 'नत्र तर्कसहित किन कुरा गर्न सक्दैनन् ४ दल, जे प्रस्ताव आयो उसैमा अडान लिने ।'
यसभन्दा अघि भएका 'कू' मा राष्ट्रियता बचेको र अहिले भएको 'कू' मा राष्ट्रियतालाई ध्वस्त पार्न लागिएको गुरुङको भनाइ थियो । वंशजको आधारमा नागरीकता दिन थालिएर आप्रवासीलाई प्राथमिकता दिएर आदिवासीलाई अल्पमतमा पारी देशलाई सिक्किम बनाउन लागिएको आरोप गुरुङको थियो ।